कृषि , पर्यावरण र यूवा


लेखापढी      ३० जेष्ठ २०७७, शुक्रबार १४:०४

कृषि , पर्यावरण र यूवा
हाम्रो नेपाल हो एक कृषि प्रधान देश।
कृषि पेशा हो यहाँका जनताको बेश।।
तीन चौथाई जनता छन कृषिमा आश्रित।
नेपालको पर्यावरण छ हरेक ठाँउमा मिश्रित।।
 
कृषि पेशा नेपालीहरुको परम्परागत पेशा हो।
सबैको जीविको पार्जन गर्ने एक आशा हो।।
आजको युगमा कृषिमा आधुनिकिकरण जरुरी छ।
तर के गर्ने परम्परागत खेती किसानको मजवुरी छ।।
 
कृषि अनुदान किसानसम्म पुगिरहेको छैन।
अनुदान पनि लुट्ने काम रुकिरहेको छैन।।
तीन तहको सरकार हुँदा पनि किसान पाएका छैन्न।
सबै लुट्नमै व्यस्त छन काम गर्न सकेका छैन्न।।
 
कृषिमा आएको गडबडीले पर्यावरण पनि विग्रेको छ।
कृषिमा आधारित अर्थतन्त्र कृषिकै कारण ढलेको छ।।
कृषिकरणमा यूवाको उपस्थिती एकदम छ जरुरी।
तिनीहरु नै पत्ता लगाउँछन , बजेट सक्यो कसरी??
 
नेपालको विकासमा सबैको छ जरुरी ।
कृषि , पर्यावरण र यूवा एक एक गरी।।
तराई हाम्रो हो नेपालको अन्नको भण्डार।
यसलाई प्राथमिकता दिनुपर्छ है! सरकार।।


 
रबिन्द्र प्रसाद साह
कलैया उपमहानगरपालिका वडा नं. – ६ ( पर्सा टोल ) , बारा
राम राजा ( मो. वि. शाह ) बहुमुखी क्याम्पस , कलैया -५ , बारा
sahrabindra309@gmail.com