यो देश तिम्रै रहेछ


लेखापढी      ३० जेष्ठ २०७७, शुक्रबार ०५:१२

यो देश तिम्रै रहेछ

तिमीले

यो देशलाई बेच्न पनि पाइने

यो देशलाई भाडामा लाउन पनि पाइने

तर म निरिह,

 

कालापानिमा माछा मार्न पाइरहेको छैन

लिम्पियाको धुराबाट प्रस्फुटित

कालि नदिको स्बच्छ, निर्मल पानीले

प्यास मेटाउन पाइरहेको छैन ।

आफ्नो माटोलाई मेरो हो

भन्न पाइरहेको छैन ।

 

मलाई थाहा छ

मेरो देशको इतिहास

कति दु:ख गरेर

फुल उनेर माला गासे जसरि

मेरो देशको भुगोलको निर्माण भएको ।

 

मलाई थाहा छ बीरता,

हाम्रा पुर्खाहरुले प्यास समेत

पानीले मेट्न नपाई

यो देशको रक्षाका खातीर

आफ्नो ज्यान नै उत्सर्ग गरेका थिए ।

 

तर,

तिमीले सिंहासन के पायौ !

मनलाग्दी हिसाबले

यो देशलाई चिथोरेर खान थाल्यौ

निचोरेर खान थाल्यौ ।

 

तिमीले

यो देशलाई बेच्न पनि पाइने

यो देशलाई भाडामा लाउन पनि पाइने

तर म निरिह ।



अंकुर चन्द 

बेदकोट नगरपालिका 

सुदुरपश्चिम