शुक्रबार पनि देशैभर सरकार विरोधी प्रदर्शन


लेखापढी      ३० जेष्ठ २०७७, शुक्रबार १८:५२

शुक्रबार पनि देशैभर सरकार विरोधी प्रदर्शन

कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा आज (शुक्रबार) पनि देशका विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।

सरकारले काेराेना संक्रमण जाँचका लागि पीसीआर बढाउन, क्वारेन्टाइनको गुणस्तर सुधार गर्न, मेडिकल क्षमता विस्तार गर्न र खर्च पारदर्शी बनाउन माग गर्दै बिहीबारदेखि देशैभर स्वस्फूर्त प्रदर्शनमा उत्रेका छन् ।

शुक्रबार काठमाडौं उपत्यकाका बसन्तपुर, कीर्तिपुर, भक्तपुर, चन्द्रागिरी लगायत ठाँउमा युवाहरूले प्रदर्शन गरेका छन्।

त्यसैगरी उपत्यका बाहिर बुटवल, धनगढी, बनेपा, तनहुँ, पाल्पा, दाङ, हेटौंडा लगायतका सहरमा पनि युवा प्लेकार्ड बोकेर सडकमा निस्किएका छन्। प्रदर्शनमा मुख्यगरी युवा तथा व्यवसायीलगायत संलग्न छन् ।


Source: News Agency