कोरोना भाइरस नेपाल: संक्रमितको संख्यामा नयाँ रेकर्ड, २४ महिलासहित थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि


लेखापढी      ३० जेष्ठ २०७७, शुक्रबार १७:१५

कोरोना भाइरस नेपाल: संक्रमितको संख्यामा नयाँ रेकर्ड, २४ महिलासहित थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा विगत २४ घण्टामा शुक्रबार थप ४४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।  यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

यो वृद्धिसँगै शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५,०६२ पुगेको छ।

तीमध्ये ८७७ जना निको भएका र थप एक जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। यो सहित मृतकको कुल सङ्ख्या १६ पुगेको छ ।


लेखापढी