आज देखि सम्पूर्ण सवारी साधन सुचारु हुने तर अनुशासनको पालना अनिबार्य


लेखापढी      ३० जेष्ठ २०७७, शुक्रबार ०१:५४

आज देखि सम्पूर्ण सवारी साधन सुचारु हुने तर अनुशासनको पालना अनिबार्य

लकडाउनको कारण लामो समय देखि बन्द रहेको यातायात आज देखि सुचारु हुने भएको छ ।  लकडाउनको नयाँ व्यवस्था अनुसार भोलिदेखि सवारी साधन जोरविजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार काठमान्डौ उपत्यका भित्र र अन्य जिल्ला भित्र रहेका निजि सवारी साधन जोर बिजोर प्रणाली अनुसार चलाउन पाइने छ । निजि सवारी साधन बाहेक अन्य सार्बजनिक यातायात भने बन्द नै रहने छन । अत्याबस्यक काम बाहेक जोर बिजोर प्रणाली उल्लङ्घन गरेर सवारी साधन चलाउने उपर भने विभिन्न चेक प्वाईन्टमा खटिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारवाही गर्न सक्नेछन ।

तर

कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चलाउन पाईने छैन ।

ट्राफिक नियम अनुसार ४ पाङ्गे सवारी साधनमा चालकसहित ३ जना मात्र र २ पाङ्गे सवारी साधन (मोटरसाईकल, स्कुटर, मोपेड) मा भने चालक १ जना मात्र रहने गरी सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९ बजेदेखि विहान ५ बजेसम्म चलाउन भने रोक लागाईएको छ ।

सवारी साधन केवल जिल्ला भित्र मात्र संचालन गर्न पाइने छ ।  तर काठमान्डौ उपत्यका भित्र ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानेर यो व्यवस्था लागू गरिने छ । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनहरुले भने अनिवार्य पास लिएको हुनुपर्ने छ ।

सवारी संचालन अझ बढी प्रभावकारी बनाउन जोर गते (मिति) का दिन जोर नम्बरबिजोर गते (मिति) का दिन बिजोर नम्बरका सवारी साधन संचालन गर्न पाइने निमे लागु गरिएको छ ।

महाशाखाका प्रमुख ढकालले आज देखि लागु हुने नयाँ व्यवस्थालाई अनुशासित भई पूर्ण रूपमा पालनाको लागि अनुरोध गरेका छन ।