मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने, सार्वजनिक यातायात नचल्ने, निजीमा जोर बिजोर लागु


लेखापढी      २९ जेष्ठ २०७७, बिहीबार १८:४३

मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने, सार्वजनिक यातायात नचल्ने, निजीमा जोर बिजोर लागु

२९ जेठ, काठमाडौं । सरकारले लकडाउनलाई केही खुकुलो बनाउँने निर्णय गरेसँगै मोटरसाइकल चलाउन दिने भएको छ । सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ तर सरकारले निजी सवारी साधान सञ्चालनमा भने सहज व्यवस्था लागु गरेको छ ।

मोटरसाइकलमा एक जनाभन्दा धेरै चढ्न नपाइने सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो । गाडीमा चालकबाहेक दुईजना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र    हुनुपर्नेछ ।

उपत्यकाबाहिरको हकमा जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने भएको छ ।


लेखापढी