दुई सिफ्टमा सरकारी कार्यालय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने


लेखापढी      २९ जेष्ठ २०७७, बिहीबार १८:३६

दुई सिफ्टमा सरकारी कार्यालय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने

सरकारी कार्यालय अब दुई सिफ्टमा सञ्चालन गरिने भएको छ ।

बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्दै लैजाने गरी गरेको निर्णय बिहीबार सार्वजनिक गर्दै अर्थमन्त्री, सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले दुई सिफ्टमा सरकारी कार्यालय सञ्चालन गरिने भएको जानकारी दिए।

उनका अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट सञ्चालन हुनेछ। त्यस्तै १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन हुने भएको छ।

कार्यालयमा भीडभाड नहुनेगरी काम सहज रुपमा सञ्चालन गर्नका लागि यस्तो व्यवस्था गरिएको उनले बताए। आगामी असार १ गतेदेखि सम्पूर्ण सरकारी कार्यालयहरु सिफ्टअनुसार नै सञ्चालन हुने भएको खतिवडाले बताए।

यद्यपी सरकारी विद्यालय भने तत्कालका लागि बन्द रहनेछन्।