जुन ११ आज बिदेशबाट नेपालीहरुको उद्दार उडान सुचारु हुने, टिकट सुची,उडान तालिका सहित


लेखापढी      २९ जेष्ठ २०७७, बिहीबार ०२:१०

जुन ११ आज बिदेशबाट नेपालीहरुको उद्दार उडान सुचारु हुने, टिकट सुची,उडान तालिका सहित

काठमान्डौ । पहिलो चरणमा ११ जुनदेखि जुन २५ गते ( जेठ ३२ देखि असार ११ )सम्मको लागि उडान तालिकासमेत तय गरिएको छ। यसमा ६७ वटा उडान तय भएको छ। लकडाउनका कारण बिश्वभर अलपत्र परेका लाखौ नेपालीहरुको उद्दार गर्न नेपाल सरकारले तिब्र गतिमा कार्य गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री योगेश कुमार भट्टराईको नेतृत्वमा बसेको बैठकले उद्धार गरेर ल्याइने नेपालीको लागि न्यूनतम भाडसमेत निर्धारण गरेको छ। मन्त्रालयले उद्धार उडानमा प्रयोग हुने एयरलाइन्सको लागत खर्च उठ्ने गरी भाडा तय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।

नेपाल आउने यात्रुले पिसिआर तथा आरडिटी परीक्षणबाट नेगेटिभ आएको प्रमाण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। त्यस्तै नेपाल आएपछि सरकारको नियमअनुसार क्वारेन्टिनमा बस्नुपर्ने छ।

नेपाली नागरिक उद्धारमा लागि राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्स समेत प्रयोग गर्ने निर्णय गरेको छ। चार्टर्ड उडानको नाममा ट्राभल एजेन्सीले अकुत पैसा असुल गरेको थियो ।  टिकेटिङको व्यवस्थापन एयरलाइन्सले नै गर्नुपर्ने निर्णयसमेत गरेको छ। यात्रुको व्यवस्था भने नेपाल सरकारको कूटनीतिक नियोगले गर्नुपर्ने छ। कुनै पनि क्षेत्रमा न्यूनतम ८५ प्रतिशत यात्रु भएपछि मात्र एयरलाइन्सले चार्टर्ड उडान गर्ने छ।  नेपाल एयरलाइन्सका २४, हिमालय एयरलाइन्स १९ र  विदेशी २४ वटा उडान  हुने गरी तालिका तय गरिएको उनको भनाइ छ। 

नेपालले पहिलो लटमा झन्डै २४ हजार नेपाली उद्धार गर्ने तयारी गरेको छ। तर, केही दिनदेखि भाडा तथा उद्धार गर्न जाने एयरलाइन्सका विषयमा विवाद हुँदा नेपालीहरूको उद्धार सुरु हुने सकेको थिएन। मन्त्रालयले तय गरेको भाडा एयरलाइन्सले पाउने भाडा हो। कसले तिर्ने भन्ने कुरा मन्त्रालयअन्तर्गत नरहेको मन्त्रालयले स्पष्ट पारेको छ।

विभिन्न गन्तव्यबाट काठमाडौंसम्मको भाडादर (अमेरिकी डलरमा)
दमाम(साउदीअबर)- ५९० डलर
रियाद- ६३० डलर
जेद्हा -७७० डलर
जोर्डन -८१५ डलर
साइप्रस- ८७५ डलर
नारिता   -९३५ डलर
खार्तुन(सुडान)  -९४० डलर
फ्रयाङकफर्ट- १२५५ डलर
लन्डन – १३४० डलर
बांगलादेश -१६५ डलर
नयाँ दिल्ली -२०५ डलर
मुम्बइ -३१० डलर
बैंगलोर -३३५ डलर
बैंकक- ३९० डलर
कम्बोडिया -४०० डलर
दुबई –  ५०० डलर
आवुदाबी- ५०० डलर
सारजाह -५०० डलर
माल्दिभ्स -५०५ डलर
ओमन- ५१० डलर
क्वाललम्पुर- ५२० डलर
दोहा -५४५ डलर
बहराइन  -५४५ डलर
हङकङ  -५५० डलर
कुवेत  -५७० डलर

उडान तालिका हेर्नुहोला :-

मिति

उडान हुने ठाउँ

जेठ २९, june 11 

कुवेतमा (२ उडान)

जेठ ३२, june 14 

बंगलादेश

असार १,june 15

माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर/कम्बोडिया, ओमन

असार २, june 16

दुबई, कतार, कुवेत, श्रीलंका (कम्बोडिया)/ माल्दिभ्स

असार ३, june 17

बैंकक, बहराइन, बंगलादेश, कतार, संयुक्त राज्य अमेरिका

असार ४, june 18

साउदी(रियाद), दुबइ, मलेसिया, ओमन

असार ५, june 19

जापान(नारिता), कुवेत, साउदी अरब, नाइजेरिया

असार ६, june 20

साइप्रस, मलेसिया, कतार,आबुधाबी (संयुक्त अरब इमिरेट्स), बंगलादेश, युरोपियन युनियन

असार ७, june 21

दक्षिण कोरिया, ओमन, कुवेत, मलेसिया

असार ८, june 22

अष्ट्रेलिया, बैंकक, पाकिस्तान, कतार

असार ९, june 23

जापान (नारिता), माल्दिभ्स, आबुधाबी, युगान्डा

असार १०, june 24

साउदी अरब, कुवेत

असार ११,june 25

संयुक्त राज्य अमेरिका, साइप्रस/इजरायल

नेपाल सकारको बिदेश स्तिथ राजदुताबास संगको सम्पर्कमा रही टिकट लिदा प्रभावकारी हुने देखिन्छ ।