विकास चाहन्छ जनता


लेखापढी      २९ जेष्ठ २०७७, बिहीबार १२:५२

विकास चाहन्छ जनता

लुट हाेईन देशमा विकास चाहन्छ जनता ।
अल्झाउने काम नगर निकास चाहन्छ जनता ।।

महँगाे विलासिता तिमीलाई चाहिन्छ हाेला ।
स्वास्थ्य, शिक्षा, गाँस, वास कपास चाहन्छ जनता ।।

खाँडीकाे त्याे चर्काे राप छाेडेर अब ।
आफ्नै देशकाे शितल बतास चाहन्छ जनता ।।

छिमेकीसँग शिर उठाएर कुरा गर ।
देशकाे सीमा रक्षा गर्ने साहस चाहन्छ जनता ।।

व्यवस्था मात्रै फेरिएर विकास हुन्न रहेछ ।
नेताजीमा साेच परिवर्तन भएकाे आभाष चाहन्छ जनता ।।



ध्रुव वाग्ले
काठमाडाैं