सरकारले लकडाउन खुकुलो पार्ने र यातायात जोर- बिजोर साथै पसल खुल्ने


लेखापढी      २९ जेष्ठ २०७७, बिहीबार ००:१३

सरकारले लकडाउन खुकुलो पार्ने र यातायात जोर- बिजोर साथै पसल खुल्ने

 काठमाडौँ ।  सरकारले चैत ११ बाट लकडाउन गरेको करिब साढे दुइ महिना हुन लाग्यो। लकडाउन सर्बसाधारणहरुको दैनिक जीवनस्तरमा ठुलो असर परेको छ, जसका कारण केहि दिनयता ब्यापार ब्याबसाय गर्नेहरु स्वस्फुर्त रुपमा पसल खोल्न थालेका छन।

 सीसीएमसीले ६ चरणको लुजडाउन प्रस्ताव अघि सरेको थियो तर अहिले प्रकिया अघि बढेको छैन, जसका कारण सर्बसाधारणहरुको जीवनस्तरमा समस्या देखिएको छ ।  कुनै योजना बिना लकडाउन गरिरख्नुको औचित्य नभएको भन्दै अहिले सरकार बिरोधि प्रदर्शनहरु भईरहेको छ। 

केहिदिनमै सरकारले शान्ति सुरक्षा कायम गर्दै लकडाउन खुकुलो पार्ने बिशेष मोडालिटी बनाएको सूचना प्राप्त भएको छ । विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल नखुल्ने तथा काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागु गरेर यतायात संचालन गर्ने योजना रहेको जानकारी प्राप्त भएको छ ।  यस बारे सरकारले विस्तृत जानकारी सार्बजनिक गर्नेछ ।

लकडाउन खुकुलो हुने बितिक्कै सर्बसाधारणहरुले समेत सामाजिक दुरी कायम राख्नु पर्नेछ र व्यक्तिगत स्वास्थ्य स्तिथिमा बिशेष ध्यान पुर्याउनु पर्नेछ ।