कोरोना भाइरस नेपाल:२४ घन्टामा थपिए २७९ कोरोना संक्रमित, संक्रमित सं‌ख्या ४३६४ पुग्यो


लेखापढी      २८ जेष्ठ २०७७, बुधबार १७:४६

कोरोना भाइरस नेपाल:२४ घन्टामा थपिए २७९ कोरोना संक्रमित, संक्रमित सं‌ख्या ४३६४ पुग्यो

नेपालमा विगत २४ घण्टामा बुधबार थप २७९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । यो सँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४३६४ पुगेको छ। तीमध्ये ६७४ जना डिस्चार्ज भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् ।

सरकारले पछिल्लो समय पिसिआर प्रविधिबाट  दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ। अहिलेसम्म १ लाख १० हजार ७ सय ४४ जनाको पिसिआरबाट परीक्षण गरिएको छ।  



लेखापढी (lekhapadhee@gmail.com)