ओली सरकारको ऐतिहासिक एबम साहसिक निर्णय, नया नक्सा पारित


लेखापढी      २८ जेष्ठ २०७७, बुधबार ०४:४२

ओली सरकारको ऐतिहासिक एबम साहसिक निर्णय, नया नक्सा पारित

काठमान्डौ ।  प्रतिनिधिसभाको मंगलबारको बैठकले सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले राखेको प्रस्ताव सैद्धान्तिक छलफलपछि सर्बसम्मतिले स्वीकृत भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुस्त गरेपछि सत्तारुढ नेकपाका साथै प्रमुख प्रतिपक्ष कांग्रेससहित राजपा र समाजवादीलगायत सबै दलका सांसदले समर्थन जनाएका थिए ।

सैद्धान्तिक छलफलका क्रममा संविधान संशोधन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री तुम्बाहाङ्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकामा खुसी व्यक्त गरेकी थिइन् । उनले संविधान संशोधनसँग जोडिएका अन्य विषयवस्तुमा आगामी दिनमा छलफल गरिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

निशान छापमा रहेको नक्सालाई अद्यावधिक गर्न ल्याइएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव संघीय संसद प्रतिनिधिसभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

विधेयक स्वीकृत भएसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदहरूलाई ७२ घण्टाको समय उपलब्ध भएको छ । यसअघि संशोधनको समय घटाएर विधेयक अगाडि बढाउने भन्ने छलफल भएपनि सांसदहरूलाई संशोधन दर्ता गराउनका लागि पूरै समय उपलब्ध गराइएको छ ।

संशोधन दर्ता गर्ने अवधि सकिएपछि उक्त विधेयक पारित हुने पक्रियामा अगाडि बढ्नेछ । उहाँले सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिएको पाउँदा सबै नेपाली प्रसन्न भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामी हाम्रो भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्छौँ ।” प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ २८ गते बुधबार बिहान ११ बजे बस्नेछ ।