कुवेतमा भिसा सकिएर अलपत्र करिब ३०० नेपाली महिलाहरुलाई नेपाल ल्याइदै


लेखापढी      २८ जेष्ठ २०७७, बुधबार ०३:३२

कुवेतमा भिसा सकिएर अलपत्र करिब ३०० नेपाली महिलाहरुलाई नेपाल ल्याइदै

कुवेत ।  कोरोनाको कारण रोजगारी गुमाएका तथा कुवेतमा भिसा सकिएर गैरकानुनि रुपमा रही काम गरिरहेका नेपाली महिलाहरुलाई कुवेत सरकारले नेपाल पुर्याइदिने भएको छ ।  गत अप्रिल २६ देखी ३० सम्म कुवेत सरकारले घोसणा गरेको आममाफी कार्यक्रममा करिब तिन हजार नेपालीहरु सहभागी भएका थिए । अहिले ति सबै नेपाली हरु कुवेत सरकारले प्रदान गरेको आवासमा बसिरहेका छन् भने सबै को खाना र बस्नको प्रबन्ध गरेको छ ।

खाडी मुलुकहरु मध्ये कुवेत पनि रोजगारीका लागि अत्यधिक नेपालीहरुको प्रमुख गन्तब्य स्थल हो । हाल कुवेतमा असि देखि पचासी हजार नेपालीहरु रहेको तथ्यांक छ भने ति मध्ये ३५.२९ प्रतिशत घरेलु कामदार रहेको देखिन्छ । अहिले सम्म कुवेतमा साठी जना नेपालीहरु कोरोना संक्रमित भेटिएका छन ।

आममाफीमा सहभागी करिब ३०० नेपालीहरुलाई आज नेपाल ल्याउने तयारी भएको जानकारी कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिएका छन ।

भिसा सकिएर अलपत्र परेका तह आबश्यक कागजात हराएर अप्ठ्यारोमा परेकाहरुको लागि संचालित आममाफी कार्यक्रममा सहभागीहरुलाई दुई वटा जहाजमार्फत कुवेत सरकारले नै नेपाल ल्याइदिन लागेको हो । कुवेती जहाज जजिरा मार्फत नेपाल ल्याइदिने बताइएको छ ।