उत्तर कोरिया र दक्षिण कोरिया बीच तनाब बढ्यो


लेखापढी      २८ जेष्ठ २०७७, बुधबार ०२:००

उत्तर कोरिया र दक्षिण कोरिया बीच तनाब बढ्यो

एजेन्सी ।   दक्षिण कोरियाका केहि उग्र समुहहरुले उत्तर कोरियाको सिमानामा आपत्तिजनक बिरोधि क्रियाकलाप गरेको आरोप लगाउदै राजनैतिक र सैन्य कुटनैतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ । उत्तर कोरियाको सिमानामा अशान्ति मचाउने किसिमको गतिबिधि गरिरहेका दक्षिण कोरियाली समर्थकहरुले पर्चा – पम्पलेट र बेलुनहरुमा विरोधात्मक नारा लेखि फाल्ने गरेको अधिकारीहरुले जनाएको छ । 

उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका र त्यहाका स्थानियहरुले नेता किम जोङ उनको आणविक महत्वाका‌क्षा र मानव अधिकार उल्लंघन गरेको जनाउदै बिरोध स्वरूप सिमानामा आलोचनात्मक हजारौ पम्पलेट तथा बेलुन उडाएका थिए ।

सिमा क्षेत्रमा हुने गरेका येस्ता अवाञ्छनिय गरिबिधि रोक्न दक्षिण कोरियाले कुनै चासो नदेखेको भन्दै एक तर्फी रुपमा मंगलबार मध्यान्न देखि सबै संचार सेवा तथा दुवै देशका नेताहरु बिचको हटलाइन नम्बर पनि बन्द गरेको जनाइन्छ । सिमा क्षेत्रमा तनाब कम गर्न त्यहा रहेका सिमा कार्यालय समेत बन्द गरेको छ । लामो समय देखि दक्षिण कोरियाली सरकार कोरियाली प्रायःद्वीपमा शान्ति कायम गर्न आफु प्रतिबद्ध रहेको जनाएको छ । आणबिक कार्यक्रमको बिषयलाई लिएर अमेरिका र उत्तर कोरिया बिचको गतिरोधका कारण दुइ कोरिया बीच सम्बन्ध सुधार हुन नसकेको देखिन्छ । यस्ता नकारात्मक गतिविधिमा दक्षिण कोरियाले बन्देज नलगाएमा बिगतमा गरिएका सम्पूर्ण शान्ति सम्झौता तथा अन्य कुटनैतिक सम्झौता रद्द गर्ने चेतावनी समेत दिएको छ ।