ढलाई देशको शान, के गर्दैछौ यस्तो ।
दुखाएर बर्तमान, के गर्दैछौ यस्तो ।।
च्यातेर टालाहरु, रुवाइ आमालाई उफ !
देशका शैतान, के गर्दैछौ यस्तो ।।
अटल माथ सगरको, तल झार्न खोजी,
आफ्नै शिरको अपमान, के गर्दैछौ यस्तो।।
हर मञ्चमा उस्तै, देशभक्तलाई बिर्सी,
देश द्रोहिलाइ सम्मान, के गर्दैछौ यस्तो ।।
भुडी भरी शासकको, बुद्धि भ्रष्ट गरि,
हरे ! मेरो भगवान, के गर्दैछौ यस्तो ।।
अंकुर चन्द
बेदकोट नगरपालिका,कंचनपुर
सुदुरपश्चिम