कोरोना भाइरस नेपाल:थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४ हजार नाघ्यो


लेखापढी      २७ जेष्ठ २०७७, मंगलवार २०:३८

कोरोना भाइरस नेपाल:थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४ हजार नाघ्यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार थप ३२३ जनामा कोरोनाभाइरस सङ्क्रमण र थप एक जनाको मृत्युको पुष्टि गरेको छ। यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४,०८५ पुगेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ ।

मङ्गलवार पुष्टि भएका सङ्क्रमितमध्ये प्रदेश नं २ का ५४ जना रहेको छ।

तीमध्ये सप्तरीमा १३ जना, धनुषामा २१ जना, महोत्तरीमा १९ जना र सर्लाहीमा एक जना रहेका छन्।

चितवनमा एकको मृत्यु

चितवनको भरतपुर उपमहानगरपालिका ११ का एक पुरुषको निधन भएको गौतमले बताएका छन्।

मृतकलाई निमोनिया भएको र उच्च रक्तचाप एवम् मधुमेह रहेको गौतमले बताएका छन्।

निजलाई सोमवार बेलुकी परीक्षणमा कोरोनाभाइरस पोजेटिभ देखिएको र आज मङ्गलवार बिहान मृत घोषित गरिएको गौतमले बताए।

कहाँ कहा थपिए संक्रमित ?

मन्त्रालयकाअनुसार सबैभन्दा धेरै महात्तेरीमा ५० जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७ र नवलपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सल्यान, नवलपरासी र सिराहामा १२/१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुला १०/१०, बाँके ९, डडेलधुरा र सप्तरीमा ७/७, दाङ ६, सुर्खेत ४, मोरङ ३ र जुम्ला र नुवाकोट २/२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

इलाम, सुनसरी, धादिङ, म्याग्दी र कैलालीमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या संख्या चार हजार ८५ पुगेको छ । उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ भने ५८४ जना डिस्चार्ज भएका छन् ।


एजेन्सी