अग्रिम टिकट बुकिङ्ग नगर्नुहोस, नेपालका सम्पूर्ण उडान रद्द


लेखापढी      २६ जेष्ठ २०७७, सोमबार ०२:२३

अग्रिम टिकट बुकिङ्ग नगर्नुहोस, नेपालका सम्पूर्ण उडान रद्द

काठमाण्डू ।  नागरिक उड्डयन प्राधिकरण नेपालले एक बिज्ञप्ति मार्फत तत्कालका लागि सम्पूर्ण आन्तरिक र अन्तरास्ट्रीय उडानहरु बन्द गरिएको जानकारी गरिएको छ । केहि दिन यता विभिन्न हवाइजहाज कम्पनीहरुले समन्वय नगरी अन्तरास्ट्रीय उडान मार्फत यात्रुहरु चार्टर गरि ल्याउने र विभिन्न कठिनाइहरुको सामना गर्नु परेको जनगुनासोका कारण कुटनैतिक पहल को खाचो रहेको देखिन्छ । 

नेपाल बाहिर रहनु भएका सम्पूर्ण नेपालीहरुले विभिन्न प्रलोभनमा परि कुनै एजेन्सी मार्फत अग्रिम टिकट बुकिङ्ग नगर्न समेत आग्रह गरेको छ ।