भाबि अमेरिकी रास्ट्रपतिको लागि ‘जो बाइडेन’ को उम्मेद्वारी घोषणा


लेखापढी      २५ जेष्ठ २०७७, आईतवार ०१:२६

भाबि अमेरिकी रास्ट्रपतिको लागि ‘जो बाइडेन’ को उम्मेद्वारी घोषणा

एजेन्सी ।अमेरिकी रास्ट्रपतिको आगामी चुनाबको लागि अमेरिकी डेमोक्र्याटिक पार्टीका ७७ बर्षिय जो बाइडेनले जुन ५ तारिक शुक्रबारका दिन आफ्नो उम्मेद्वारी घोसणा गरेका छन । जो बाइडेन बाराक ओबामा उपराष्ट्रपति हुनुभन्दा अगाडी झण्डै ३६ वर्ष सिनेटको सदस्यका रुपमा रहेका थिए । करिब ६ महिना पछि नोभेम्बर २०२० मा हुने चुनाबको लागि बाइडेन एक ससक्त उम्मेदवारको रुपमा देखा परेका छन। 

आफ्नो डेमोक्र्याटिक पार्टीबाट सहजै उम्मेदवार बन्न पाउने अवस्था आउनु उनका लागि सफल पक्ष भएको राजनीतिज्ञहरुले बताएका छन । उनको पार्टीबाटै राष्ट्रपतिका लागि उम्मेदवार बन्न चाहेका कतिपय उम्मेदवारहरुले आफ्नो उम्मेदवारी अभियानलाई स्थगित गरेको घोषणा यसअघि नै गरिसकेका छन् । उनले पार्टीको एकतासहित आफूहरु आउँदो आम निर्वाचनमा जान लागेकोमा आफूलाई गौरव महसुस भएको पनि बताएका छन् ।  पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले आफ्नो पार्टीबाट उम्मेदबारी दिने निर्णय भएपछि उनले भनेका छन्, “हाम्रो पार्टीमा धेरै विद्धान तथा क्षमतावान उम्मेदवारहरु अरु धेरै हुदा हुदै पनि मलाई अवसर दिनु भएकोमा म सबै प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

 पुर्ब राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएकाले उनलाई अमेरिकामा अहिले पनि निकै लोकप्रिय बनाउन ओबामाको ठूलो सहयोग हुने देखिएको छ । उनले आगामी चुनावी अभियानलाई थप प्रभावकारी बनाउने र नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।  पछिल्लो समय बाइडेनलाई उम्मेदवार बनाउन पनि ओबामाले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।  ओबामाको समर्थनका कारण बाइडेनलाई अश्वेत मतदाताहरुको थप सहयोग हुने विश्लेषण गरिएको छ ।

कोरोनाको महामारी, आर्थिक चुनौती र नागरिक अशान्ति लगायतका विषयलाई उनले मुख्य एजेण्डाको रुपमा अगाडि सार्ने जनाइएको छ ।  उनलाई अमेरिकामा अनुभवी, परिपक्क र सन्तुलित नेताका रुपमा चिनिने गरिन्छ ।