ई-डीभीको आज नतिजा सार्वजनिक हुँदै, नतिजा हेर्ने तरिका यस्ताे छ


लेखापढी      २४ जेष्ठ २०७७, शनिबार १२:५५

ई-डीभीको आज नतिजा सार्वजनिक हुँदै, नतिजा हेर्ने तरिका यस्ताे छ

अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा शनिवार सार्वजनिक हुने भएको छ । डीभी २०२१ को नतिजा  राति ०९:४५ बजे सार्वजनिक हुने अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासका अनुसार छनोटमा परेका व्यक्तिको अन्तवार्ता आगामी अक्टुबर १ देखि सुरु हुनेछ । डीभी परेका व्यक्ति २०२१ को सेप्टेम्बरसम्म सम्पूर्ण प्रक्रिया पूरा गरेर अमेरिका प्रवेश गरिसकेको हुनुपर्छ ।

 

सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दुतावासले जनाएको छ । अमेरिकी सरकारको इडिभी शाखाले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।

 नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।



लेखापढी