एटलस साइकिल कम्पनी बन्द


लेखापढी      २४ जेष्ठ २०७७, शनिबार ०३:०२

एटलस साइकिल कम्पनी बन्द

तपाइँ हामी सबैले एटलस साइकलको नाम सुनेकै होला र धेरैले त यहि साइकल अझै प्रयोग गर्दै आउनु भएको होला। भारतको हरियाणा एटलस कम्पनीले सन् १९५१ देखि साइकल उत्पादन गर्दै आएको थियो। साइकिल निर्माणमा भारतको गर्ने सबैभन्दा ठुलो कम्पनि रहेको थियो एटलस साइकिल कम्पनी । 
सन १९९४-७५ तिर एटलस साइकिल म्यानमार (बर्मा) तथा अफ्रीका सम्म निर्यात हुने गर्दथ्यो । कम्पनीले यसअघि सन् २०१४ मा मध्य प्रदेशको युनिट र सन् २०१८ मा हरियाणाकै सोनिपतको युनिटबाट उत्पादन बन्द गरेको थियो । अहिले आर्थिक अभाबको कारण उत्पादनमा चाहिने कच्चा पदार्थ किन्न सक्ने अवस्था नरहेको देखाउदै उत्तर प्रदेश को साहिबाबाद अन्तिम युनिटबाट सबै उत्पादन पूर्णतया बन्द गरेको छ । 

कम्पनि पूर्णतया बन्द हुदा त्यहा कार्यरत करिब ७०० जना कामदारले रूज्गारी गुमाउनु परेको छ । संयोगबस गत बुधबार जून ३ तारिक अन्तरास्ट्रीय साइकिल दिवस कै दिन भारतको ठुलो एटलस साईकिल कम्पनी बन्द भयो ।