यूएईबाट आइपुगे १ सय ६८ नेपाली


लेखापढी      २३ जेष्ठ २०७७, शुक्रबार १८:५८

यूएईबाट आइपुगे १ सय ६८ नेपाली

संयुक्त अरब इमिरेट्स (यूएई) बाट १ सय ६८ जना नेपाली स्वदेश फर्केका छन्। शुक्रबार साँझ एयर अरेवियाको विमान १ सय ६८ नेपाली सहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। उनीहरुलाई नेपाली सेनाले तोकिएको होल्डिङमा लैजाने तयारी गरेको छ ।

विमानमा प्रदेश नं १ का ४६ जना, प्रदेश २ का २३ जना, बागमती प्रदेशका ३७ जना, गण्डकी प्रदेशका २३ जना, प्रदेश नं ५ का २३ जना, कर्णाली प्रदेशका ४ र सुदुरपश्चिमका १२ जना रहेका छन्। जसमा १ सय ५५ जना पुरुष र १३ जना महिला रहेका छन्। 

जहाजमा सरकारले प्राथमिकतामा राखेको नेपाली यात्रु परेको छैन । नेपाली दूतावासले छनोट गरेको कामदार नपरेपछि उडानलाई अनुमति दिने कि नदिने भन्‍ने बिहानदेखि नै विवाद परेको थियो । जसले गर्दा विमान तोकिएको समयमा उडान गर्न पाएको थिएन ।

विमानभित्र प्रवेश गरिसकेको यात्रुलाई बाहिर निकालिएको थियो । फेरी नेपाल सरकारको एउटा फाराममा हस्ताक्षर गर्न लगाइपछि निर्धारित समयभन्दा ४० मिनेट ढिलो गरी सारजाहा विमानस्थलबाट विमान उडाइएको   हो ।



एजेन्सीकाे सहयाेगमा