आज विश्व वातावरण दिवस


लेखापढी      २३ जेष्ठ २०७७, शुक्रबार १३:४५

आज विश्व वातावरण दिवस

काठमाडौं – आज जुन ५ अर्थात  विश्व वातावरण दिवस विश्वभर मनाउने गरिन्छ । हरेक वर्षझैँ यस वर्ष पनि विश्व वातावरण दिवस, २०२० छुट्टै नाराका साथ आएको छ- Time for nature ‘मनाऔँ जैविक विविधता’ वा सेलिब्रेट बायो डाइभर्सिटी ।

सन् १९७२ को जुन १६ मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनु पर्नेमा अन्तर्राष्ट्रिय ऐक्यवद्धता जनाइएको थियो, जुन वातावरणका सम्बन्धमा भएको पहिलो सबैभन्दा ठूलो प्रतिबद्धता थियो ।

संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।



Source: Different News Agency