अमेरिका तथा ब्राजिलमा घट्दै गएको छ कोरोनाको कहर


लेखापढी      २२ जेष्ठ २०७७, बिहीबार ०२:२७

अमेरिका तथा ब्राजिलमा घट्दै गएको छ कोरोनाको कहर

एजेंसी-  केहि दिन अघिको तथ्याङ्क भन्दा हिजो बुधबार को नया तथ्याङ्क अनुसार अमेरिका र ब्रजिलमा कोरोनाको संक्रमण न्युन हुदै गएको देखिन्छ साथै दुवै देशमा मृत्यु हुनेहरुको संख्यामा धेरै कमि देखिएको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा नया संक्रमित संख्या 10225 मात्र छ भने 549 जनाको मृत्यु भएको छ । त्यहा एक दिन अघि मंगलबार 15846 जना संक्रमित भेटिएका थिए भने 863 जनाले ज्यान गुमाउनु परेको थियो । अहिले सम्म अमेरिकामा संक्रमित संख्या 18,91,430 जना र मृत्यु हुने को संख्या 1,08,608 पुगेको छ ।

हिजो अस्वेत अमेरिकी नागरिकको मृत्युको दुखद घटनाको कारण शहर भरि लाखौ जनताहरु मास्क र सामाजिक दुरीको परबाह नगरी व्याप्त अशान्ति, नारा , जुलुसले अमेरिकी स्वास्थ्य क्षेत्र का बिज्ञहरु कोरोना अझै धेरै फैलिन सक्ने कुराले चिन्तित रहेको देखिन्छ । यस्तो बिकराल परिस्तिथिले ठुलो समस्या निम्त्याउने देखिन्छ।

पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार ब्राजिलमा नया संक्रमण 4,069 रहेको छ भने मृत्यु हुने को संख्या 218 जना थिए। एक दिन अघि अत्यधिक संक्रमित 28,936 जना देखापरेका थिए भने सोहि दिन 1262 जनाको मृत्यु भएको थियो। ब्राजिलमा अहिले सम्म सबै संक्रमित संख्या 5,60,737 पुगेको छ साथै मृत्यु हुनेको संख्या 31,417 रहेको देखिन्छ।

कोरोनाको कारण बिश्व भरि बढिरहेको बेरोजगारी समस्या तथा अर्थतन्त्र पूर्ण रुपमा ध्वस्त भएको छ तर पनि बिस्तारै कोरोनाको कहरमा नियन्त्रण हुदै गएको देखिन्छ।