आरक्षण वास्तवमा के हो ?

आरक्षण के हाे ? आरक्षणकाे लागि किन आन्दाेलन भईरहेकाे हाेला ? राज नेताहरूले आ-आफ्ना चुनावकाे घाेषणा पत्रमा आरक्षणकाे व्यवस्थाका लागि नीति बनाउने राख्ने गर्दछ । वास्तवमा आरक्षण भन्नाले जसलाई राज्य व्यवस्थाले आर्थिक, सामाजिक, राजनितिक र साँस्कृतिक रुपले विभेदमा पारेका छन् । उनीहरूलाई अरु नागरिककाे हैसियत सरहकाे सेवाहरूमा सहज रुपले पहुँच बढाउनु नै हाे ।

नेपालमा राणाशासन विरुद्ध लडाई गर्नुकाे औचित्य के थियाे ? तत्कालिन राज्य व्यवस्थाले नागरिक नागरिक बीच भेदभाव गरि सेवा तथा श्राेतकाे बाँडफाड गरेकाे थियाे । असमान रुपमा शक्ति सम्बन्ध बनेकाे थियाे । जसले गर्दा बहुसंख्यक नागरिक माथि कथित केही शासकहरूले आफ्नाे रजाई चलाई रहे । जसले गर्दा राज्यमा बहुसंख्यक मधेशी, दलित, जनजाति, आदिवासी, मुस्लिम, ओबिसिहरू पछाडि परे । उनीहरूलाई राज्यले दाेश्राे दर्जाकाे रुपमा व्यवहार गर्न थाले । त्यसकारण राज्य व्यवस्था परिवर्तनकाे लागि राणाशासककाे बिरुद्धमा आन्दाेलन भयाे ।
जब नेपालमा प्रजातन्त्र आयाे तब देखि केही दरबारकाे आसेपासेहरूकाे पहुच बढ्याे । उनीहरूले पनि आफ्नाे बिरासत कायम राख्न अन्याय पुर्ण शक्तिकाे अन्यायाेचित रुपमा दुरुपयाेग गरे । राज्यकाे श्राेतसाधनहरूकाे अनियन्त्रित रुपमा दाेहन गरे । देशलाई खाेखला बनाई कथित राणाहरूभन्दा पनि सुविधाभाेगि, विलासिता एवम क्रुर पनि शासकहरू बने । त्यसकाे फलस्वरुपमा नेपालमा १० बर्षे जनयुद्धकाे सुरुवात भयाे । तत्कालिन माओवादिले भुमिगत रुपमा वनवासी जीवन शैलिमा संघर्ष गर्न बाध्य भए । सातदलले पनि सदन र सडकबाट संघर्ष गरे ।

आखिर किन नेपाली जनता आन्दाेलित भए ?

राज्यव्यवस्था परिवर्त‍नकै लागि हजाराैकाे संख्यामा युवाहरू शहादत प्राप्त गरे । राज्यकाे पुनर्संरचना, संघीयता तथा सहभागितामुलक लाेकतन्त्र स्थापना लायतका माग राखे । सदिँयाेदेखि अन्याय, थिचाेमिचाे , भेदभाव र रंगकाे आधारमा सिकार भएका नागरिककाे आत्मसम्मान सहितकाे लाेकतान्त्रिक, गण्तान्त्रिक र समावेशी सिद्धान्तकाे अवधारणा सहितकाे संरचना त बने तर नागरिककाे समस्या ज्यूँकात्यूँ रह्याे । जनताद्वारा छानिएका प्रतिनिधिले  बि.स. २०७२ सालमा बनाएका कथित एशियाकै उत्कृष्ठ  संबिधान नेपालकाे संबिधानले सुनिश्चत गरेकाे समावेशिताकाे सिद्धान्तलाई राज्यद्वारा गठित लाेकसेवा आयाेगले संविधानलाई लत्यायाे । सरकार मुखदर्शक भए । देशमा आन्दाेलन भए । प्रधानमन्त्रीले  आरक्षण बिराेधि चुटकिल्ला र उखानमै रमाए । आरक्षित काेटाकाे डाक्टर र इन्जिनयरकाे उदाहरण दिदै अपहेलित, शाेसित पिडित नागरिककाे भावना र अस्मितालाई कुनै वास्ता नगरि लठैतहरूले राणाहरूकै शैलीमा परीक्षा गराई नै छाडे । 

सदिँयाेदेखि अन्याय, थिचाेमिचाे , भेदभाव र रंगकाे आधारमा सिकार भएका नागरिककाे आत्मसम्मान सहितकाे लाेकतान्त्रिक, गण्तान्त्रिक र समावेशी सिद्धान्तकाे अवधारणा सहितकाे संरचना त बने तर नागरिककाे समस्या ज्यूँकात्यूँ रह्याे ।

बिपक्षी दलले पनि बाहुनबादकै कारण सरकारकाे गैरलाेकतान्त्रिक कदमकाे जाेडदार बिराेध गरेन । सञ्चारकर्मी पनि बाहुनबादले जकडिएकाे कारणले शाहि कदम बिरुद्ध कलम चलाएनन । बेराेजगार युवाहरू, उत्पिडित नागरिकहरू पनि चित बुझाउनकाे लागि भाग्यबादि बन्दै निरास भई विराेधमा उत्रण सकेन ।

आरक्षण सदिँयाे देखि पछाडि पारिएकाे बापत पाउनु पर्ने क्षतिपुर्ति हाे । पेवा हाेईन । दान हाेईन ।

 



रबिन्द्र प्रसाद साह 
कलैया उपमहानगरपालिका वडा नं. – ६ ( पर्सा टोल ) , बारा 
राम राजा ( मो. वि. शाह ) बहुमुखी क्याम्पस , कलैया -५ , बारा
sahrabindra309@gmail.com

 327 total views

Your Thought
Spread the love !

You May Also Like

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Dhirendra
Dhirendra
June 3, 2020 1:42 PM

राम्रो लेख… तर आरक्षणले मात्र समाजमा समानता, एकरुपता आउछ भन्ने सोच सतप्रतिशत सत्य नहुन सक्छ । सरकारी निकाय वा अन्य बिशेष रोजगारिमा प्रबेश पाउन खुल्ला प्रतिस्पर्धात्मक परिक्षा नै सर्बोउत्कृस्ठ प्रणाली हो। आधुनिक शिक्षा, ब्यवसायिक शिक्षा तथा रोजगारमुलक तालिमहरुमा आरक्षण उचित हो ।

1
0
Would love your thoughts, please comment.x
()
x