नेपाली समाजमा ब्याप्त रहेको जातीय विभेद र यसको अन्त्य


लेखापढी      १९ जेष्ठ २०७७, सोमबार २०:४९

नेपाली समाजमा ब्याप्त रहेको जातीय विभेद र यसको अन्त्य
बाबा ! समाजमा आफुलाई ‍विद्वानकाे कित्तामा उभ्याउने मान्छे डा. बाबुराम भट्टराईले कुरो नबुझ्या की मैले कुरो नबुझेको ? जातीय विभेदको अन्त गर्न सबैले एउटै थर राखौं रे ! म पनी बाबुराम भट्टराई कामी लेख्छु रे ! तपाईँहरु पनी लेख्नु रे आजै बाट ! बाबुराम भट्टराई जस्तो मान्छेले यो के बोलेको ! जातीय विभेद अन्त गर्ने यस्तो पनि कोही तर्क हुन्छ ? यो त बौद्विक दरिद्रताको पराकास्ट हो । जातीय विभेदको अन्त गर्न ३ करोड नेपालीले ‘कामी’ थर लेखेर हुदैन । र कामीको छोरी बाहुन/ठकुरीले विवाह गरे र बाहुन/ठकुरीको छोरी कामी/दमाईले विवाह गर्दैमा पनि हुदैन । न त जातीय विभेदको अन्त पानि चल्ने जात भनिनेहरुको घर भित्र पस्न पाए वा भित्र बसी खाना खाएर नै हुन्छ । न त उच्च जाति भनिनेहरुलाई दलितहरुको घर भित्र लगेर खाना खुवाएरै हुन्छ, जातीय छुवा-छुतको  अन्त । बौद्विकतामा  खडेरी परेकाहरुले त झन आजकाल जातीय विभेदको अन्त गर्न उनिहरुलाई ‘दलित’ भएको प्रमाण-पत्र पो दिएर मरेछन । हाहाहहाह हाॅसो पो उठ्छ ! 
 
लौ जातीय विभेदको अन्त गर्नु पर्छ । यि कथित उपल्लो जाति भनिनेहरुको बिरोध गरौं भनि सिकाउने डलरे NGO र INGO का दलालहरु बाटै जातीय विभेदको सुरुवात भएको छ । हो ! यो कुराको चेत जहिले सम्म ‘दलित’ समुदायमा पस्दैन तब सम्म जातीय विभेदको अन्त हुदैन । बरु झन-झन बढेर जाने निस्चित छ अन्त हुने कुरो आउदैन यो कुराको ग्यारेन्टी म लिन्छु । लेखेर राख्दा हुन्छ । जातीय विभेदको अन्त गर्नको लागी अन्य जात-जातिलाई गाली गलौज गर्ने र सत्तोसराप गरी वा धारेहात लगाएर हुदैन । आजको समाजले दलित भनेको समुदाय आफै माथि उठेर, आफ्ना समुदायमा शैक्षिक चेतनाको स्तर बृद्वि गराएर मात्र हुन्छ । 
जातीय विभेदको अन्त गर्नको लागी अन्य जात-जातिलाई गाली गलौज गर्ने र सत्तोसराप गरी वा धारेहात लगाएर हुदैन । आजको समाजले दलित भनेको समुदाय आफै माथि उठेर, आफ्ना समुदायमा शैक्षिक चेतनाको स्तर बृद्वि गराएर मात्र हुन्छ । 
जेठ १० गते घटेको रुकुम-जाजरकोट घटना एउटा प्रतिनिधि घटना मात्र हो । सदियौ देखि नेपाली समाजमा यस्ता घटना कति घटीरहेका छन् । फरक यत्ती हो, यो घटनामा हुदा सुचनाको पहुँच पुग्यो, ईन्टरनेट र मिडिया पुगे,  सोसल मिडिया(सामाजिक सञ्जाल) मा ब्यापक प्रचारबाजी भयो, आज संसारले थाहा पाए र तपाइँ हामीलाई भयावह लागेको छ । लामो समय नेपाली समाजको अध्यन गर्दा मैले देखेको वा नेपालमा भएको जातीय विभेद तीन किसिमको छ । 

१) चेतनाको स्तरको कमि अर्थात शिक्षाको पहुच छैन । 

देशका दुर दराजका गाॅउहरुमा सयौं बर्षदेखि कथित ठुला जातिहरुको हेपाई र चेपाईमा आफु बाँच्न र हाँस्न सिकेका दलित समुदायहरुको यो प्रमुख विभेद हो । यसमा कथित ठुला जातिहरुमा पनि चेतनाको बिकास भएको छैन । उनिहरुमा मानवता पनी छैन । दलितहरु आफ्ना पेवाका कमारा हुन भन्ने उनिहरुलाई मन लाग्दि गाली गर्ने, त्यसै गरी तुच्छ सब्दले संबोधन गर्ने र तिनलाई आफ्ना सेवाका काम-काजमा जति सक्दो दलाउने । उनिहरुको शारिरीक, मानसिक र श्रमको शोषण गरेर   ति बिकट गाॅउहरुमा जातीय विभेद भएको छ । 
 

२) टाॅठा-बाठा अलिकति पढेलेखेका भनिने दलितहरु जो यो समाजमा आफुलाई उच्च स्तरको दलित भनि चिनाउछन । 

यस्ता खालका मानिसहरुको पहुँच राज्य सरकार र पश्चिमका बिभिन्न देशहरुद्वारा संचालित INGO र NGO मा पनी यिनको राम्रो पहुँच हुन्छ । यस्ता संघ-संस्था यी आफै पनि संचालन गरीरहेका हुन्छन । यिनीहरुको काम बिनासित्तिमा दलित समुदायको कान फुक्ने, उचाल्ने, लडाउने, भिडाउने कसरी हुन्छ नेपाली समाजमा अराजकता फैलाउने । यसले गर्दा राज्य र सरकारलाई असर परिरहेको हुन्छ र देशमा बिकास हुन नदिने भुमिका निर्वाह गरिरहेका हुन्छन् । यो कुरा यिनीहरुले बुझेकै हुदैनन् । यिनीहरु पुरै भ्रममा परिरहेका हुन्छन । यसरी आफै माथि ठगिएर जातीय विभेदको सिकार पनि भइरहेका छन् । 

३) दलित समुदायकै जनप्रतिनिधी हुन । 

जनप्रतिनिधि भन्ने, सांसद भवनमा छिर्ने, लाभका पद बेला मौकामा पाईहाल्ने, आफ्ना समुदायमा चाहिने नचाहिने भ्रम फैलाउने, उनिहरुको दिमाग भुटिरहने, आफु र आफ्नो पार्टीको पक्षमा लडाउने जसको फाइदा आफु र आफ्नो परिवारले भरपुर लिने, आफ्नो जीवनशैली रातारात परिवर्तन गर्ने, देशको राजधानी लगायत अन्य ठुला सहरहरुमा घरघडेरी जोड्ने, ब्यापार ब्यवसाय गर्ने । जसबाट मनग्य आम्दानि लिने । सरकारको चुत्थो राहत र जातीय आरक्षणको चामले कनिका सिधा-सोझा दलितहरुको पोल्टामा छरिदिने र उनिहरुलाई आफ्नो भक्त बनाई जीवनभर मोजमा बिताएर आफ्ना समुदाय माथिनै कुठाराघात गरी जातीयताको राजनीति गरी यस्तो खालको विभेदलाई मल-जल गर्ने काम गरीरहेका छन् । 
सरकारको चुत्थो राहत र जातीय आरक्षणको चामले कनिका सिधा-सोझा दलितहरुको पोल्टामा छरिदिने र उनिहरुलाई आफ्नो भक्त बनाई जीवनभर मोजमा बिताएर आफ्ना समुदाय माथिनै कुठाराघात गरी जातीयताको राजनीति गरी यस्तो खालको विभेदलाई मल-जल गर्ने काम गरीरहेका छन् । 
 
यि मुख्य तीन प्रकारका जातीय विभेद आज पनि नेपाली समाजमा ब्याप्त रहेका छन । सोझा-सिधा गाँउले दलितहरुका राम्री छोरी चेली कही कतै उच्च जात भनिनेहरुसँग भागि विवाह गरी गएपनी हामीलाई दलित भनेर हेपेर हाम्री छोरी-चेली थुतेर लगे भनी रुन्छन । यता उच्च घरानाका छोरी-चेली आफ्ना समुदायमा प्रेममा परेका पनी विवाह गर्न दिएनन् , हामीलाई दलित भनेर हेपे भनि दुबै कोणबाट आफु माथिको बिभदको अचेतना प्रकट गरि रहन्छन । यस्तै छिटपुट घटनालाई हाल सस्ता मिडियाले सत्य-तथ्य नबुझी झन उचालि दिन्छन, यता NGO र INGO तथा दलित अधिकारबादीलाई डलर मनग्य कमाउने वातावरण पनि भयो । उता दलित नेताहरुलाई जातीय राजनिती गर्न पनी पुग्यो । 
 
बिक्रम संबत् २०१९ सालमा जातीय विभेद सम्बन्धी सक्त कानुन बनाएका हुन राजा महेन्द्रले । खोई कहिले पनि हामीले सुनेनौ राजाको सम्बोधनमा जनजाती, दलित, थारु, मधेशी भनेको, बरु मेरा प्यारा देशबासी नेपाली दाजु-भाई तथा दिदी-बहीनीहरु भनेर यस्तो प्यारो शब्दद्वारा  सम्बोधन गर्दथिए राजाले । २०६३ सालमै नेपाल जातीय छुवा-छुत मुक्त राष्ट्र घोषणा गरिएको थियो । गणतन्त्र नेपालले कहाँ बाट ल्यायो ‘दलित’ भन्ने सब्द ? रातारात ‘दलित’ आयोग कहाँबाट गठन् भए ?  कसरी तिमीहरु ‘दलित’ हौ भनी दलितको प्रमाण-पत्र हात-हातमा थमाईयो ? तिमीहरु दलित हौ, तिमीहरुले यत्ति खाउ र यत्ति गर भनी निश्चित घेरा कोरेर दलित समुदायको प्रगति र मानव बृत्ति-विकासमा रोक लगाउन आरक्षण वा जातीय कोटा सिस्टम कसले लागु    गर्यो ? हो यही नै हो ! जातीय विभेदको मुख्य सुरुवाति खुड्किलो । ‘दलित’ समुदायले गहन भएर सोच्नु पर्ने बेला भएको छ । 
राजाको सम्बोधनमा जनजाती, दलित, थारु, मधेशी भनेको, बरु मेरा प्यारा देशबासी नेपाली दाजु-भाई तथा दिदी-बहीनीहरु भनेर यस्तो प्यारो शब्दद्वारा  सम्बोधन गर्दथे राजाले । २०६३ सालमै नेपाल जातीय छुवा-छुत मुक्त राष्ट्र घोषणा गरिएको थियो ।
अन्तमा, मेरो भनाई यसप्रकार छ । हजारौं बर्ष पहिले देखि नेपाली समाजमा एउटा ठुलो कुरीतिको रुपमा जरा गाडेको जातीय छुवा-छुत हिजको आजै अन्त हुदैन । यदी कसैले आजै अन्त गर्छु भन्छ भने त्यो सब बकमफुसे गफ मात्र हो । यद्वपी अन्त हुदै नहुने भने होईन । जति पुरानो कुरीति स्वरुप समाजमा जरा गाडेको छ त्यसको सानो-सानो अंशमा रहेको जराको धर्सो पनी उकाएर फाल्नु पर्दछ । जसका लागी केही दशकहरु पर्खनै पर्दछ । जातीय विभेद अन्त गर्न भनी केही लाखको संख्यामा भएका ‘दलित’ एक हौं ! कथित उपल्लो जात मुर्दाबाद ! र जातीय विभेद अन्त गर ! भनेर राजधानीका चिल्ला सडकमा उफ्रीएर हुदैन । सबै भन्दा पहिला हामीले बिभिन्न जात-जाति र धर्म-संस्कृतिको अनुपमतालाई चिन्नु र त्यसको सम्मान गर्न सिक्नु पर्दछ । जसका लागि गुणस्तर शिक्षाले हरेक समुदायलाई सुशिक्षित गर्दै मल-जल गर्नुपर्दछ । शिक्षाको ज्योतिले चेतनाको दियो गाॅउ-गाॅउमा बाल्न सक्नुपर्दछ । एक-एक जाती फुटेर होईन जुटेर साथै जातीय सद्भाव बढाउदै लैजानु   पर्दछ । एक जातिले अर्को जातिको ईज्जत र सम्मान गर्न सिक्नु पर्दछ अनि मात्र जातीय विभेदको अन्त सुनिष्चित छ । 
सबै भन्दा पहिला हामीले बिभिन्न जात-जाति र धर्म-संस्कृतिको अनुपमतालाई चिन्नु र त्यसको सम्मान गर्न सिक्नु पर्दछ । जसका लागि गुणस्तर शिक्षाले हरेक समुदायलाई सुशिक्षित गर्दै मल-जल गर्नुपर्दछ ।
अन्यथा, दुईदिन उफ्रीने ! NGO र INGO ले डलर पचाउने ! नेताहरुले जातीय राजनिती मच्चाउने ! तपाइँ हामीले सडक तताउने ! प्रहरी प्रशासनले लठ्ठी बुट बर्षाउने मात्र हो । यसरी को मर्छ ? उहि तपाइँ हामी दुखि र गरिब जनता नै होइन ? तसर्थ नेपाली समाजका हरेक तह र तप्काका जाति र समुदाय सचेत हुन जरुरी छ । सबैले सबैको मान, मर्यादा गरौ ! सम्मान गरौ । जातीय सद्भाव बढाउ यो कुरिती आफै बिस्तारै हटेर जाने छ । निश्चित एक दिन जातीय विभेदको अन्त हुने छ । ढुक्क हुनुहोस ! हरेकले समाज वा समुदाय हुदै राष्ट्रलाई आफ्नो अमुल्य योगदान दिनुहोस । हाम्रा सन्ततिले अवश्य इतिहासका पानामा तपाइँ हामीलाई पढ्ने छन र गर्व गर्ने छन ।
 
धन्यबाद !!
 


बिबेक चन्द ठकुरी
(मध्यपस्चिम, नेपाल)