वास्तविकता


लेखापढी      १७ जेष्ठ २०७७, शनिबार १९:४१

  वास्तविकता

दाह संस्कार गर्न लग्दा पैसा उछाल्छौ
रामनाम सत्य है भन्दै ।
जिउँदोमा आमा वुवाले पैसा माँग्दा 
छैन भन्छौ कराउँदै ।।

वुवा आमालाई वृध्दाश्रममा राखि
बाहिर दिन्छौ चन्दा ।
देखाउनको लागि धर्मात्मा बन्छौ
भित्र छ अर्कै धन्दा ।।

घिउ, तिल, अक्षता पोल्छौ
ओम स्वाहा भन्दै ।
ढुङ्गा माथि दिनहु दुध चढाउँछौ
पुण्य हुन्छ मान्दै ।।

एउटाले काम चल्दैन दुई तीन ओटा 
राख्छौँ गर्लफ्रेंड
घरमा स्वास्नीलाई दबाएर राख्ने यहि छ 
आजको ट्रेन्ड

शिक्षा क्षेत्रको कुरा गर्दा त मलाई 
झनै लाग्छ लाज ।
पढाउने कम हाँत लगाउने ज्यादा 
छ रिवाज ।।

सरकारी क्षेत्रको त कुरै नगरौँ शब्द
पनि लजाउँछ व्याख्या गर्न ।
काम ठूलो होस चाहे सानो माल नै
चाहिन्छ काम गराउन।।

मलाई थाहा छ धेरैलाई कुरा सुनेर रिस 
उठिरहेको छ ।
तर के गर्ने हाम्रो मानवता नै अहिलेसम्म
सुतिरहेको छ।।



रबिन्द्र प्रसाद साह
कलैया उपमहानगरपालिका वडा नं. – ६ ( पर्सा टोल ) , बारा
विद्यालय: राम राजा ( मो. वि. शाह ) बहुमुखी क्याम्पस , कलैया -५ , बारा sahrabindra309@gmail.com