माटो खोजि हिड्दैछु म


लेखापढी      १७ जेष्ठ २०७७, शनिबार ०९:२८

माटो खोजि हिड्दैछु म
हिड्दैछु म गन्तब्यको बाटो खोजी हिड्दैछु म !
कहाँ – कहाँ हराएछ माटो खोजी हिड्दैछु म !!
 
कालो बादल भरिएर चिसिएका मन भरी !
पूर्णिमाको चाँद बोकी तातो खोजी हिड्दैछु म !!
 
शहिदको रातो रगत पोतिएको आँगनिमा !
आज फेरी विरताको पाटो खोजी हिड्दैछु म !!
 
पाखुरीमा देश बोकी पौरखमा बाँच्नेहरु !
कहाँ सरे पसिनाको टाटो खोजी हिड्दैछु म !!
 
फुटेका मन छुटेका तन सधैं संगैको जोड्नलाई !
अटुट हाम्रो सम्बन्धको गाठो खोजी हिड्दैछु म !!


 
अंकुर चन्द
बेदकोट नगरपालिका, कन्चनपुर
सुदुरपश्चिम