प्रसिद्ध गीतकार रत्नशम्शेर थापाको निधन


लेखापढी      १५ जेष्ठ २०७७, बिहीबार १६:३८

प्रसिद्ध गीतकार रत्नशम्शेर थापाको निधन

लोकप्रिय प्रसिद्ध गीतकार रत्नशमशेर थापाको निधन भएको छ । आज दिउँसो १२ बजे नर्भीक अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । थापा लामो समयदेखि नशाको कारण दाहिने खुट्टा राम्रोसँग नचल्ने समस्याबाट ग्रस्त थिए ।

१९९४ सालमा जन्मिएका गीतकार थापा ‘घुम्तीमा नआउ है’, ‘ए कान्छा’, ‘जाग लम्क चम्क’, ‘गोरेटो त्यो गाउँको’, ‘उकाली ओराली गर्दै’लगायत कालजयी गीतका स्रष्टा हुन् । २०१८ सालबाट गीत लेखनीको यात्रा थालेका थापाले धेरै नेपाली चलचित्रमा गीत लेखेका छन् ।

थापाद्वारा रचित ‘जाग लम्क चम्क हे…’, ‘ठट्टैमा यो वैंस जान लाग्यो…’, ‘घुम्तीमा नआउ है…, ‘उकारी ओरालो गर्दै…’ लगायतका दर्जनौं गीत लोकप्रिय छन् । नारायण गोपालले गाएका सुरुवाती गीतहरु उनले नै लेखेका थिए । थापाका श्रीमती र २ छोरा छन् ।

स्वर्गकी रानी, गोरेटो त्यो गाउँको, घुम्तीमा नआउ है, ए कान्छा ठट्टैमा, फूलै फूलको मौसम, पन्छीमा राम्रो डाँफे, आँखामा मेरो, वसन्ती तिमी, बिछोडको पीडा, जाग लम्क चम्क हे नौँ जवान हो …लगायत उनका दर्जनौं गीत लोकप्रिय छन् ।