रुकुममा चुडिएको प्रेम


लेखापढी      १५ जेष्ठ २०७७, बिहीबार १९:४९

रुकुममा चुडिएको प्रेम
आज फेरि यो कलम रुकुम जाजरकोट तिर पुगिरहेको महसुस् गरिरहेको छु सर्वप्रथम नमराज भाई र अन्य मृत आत्माले स्वर्गमा वास पावोस् भन्दै हार्दिक श्रदान्जलि अर्पण गर्दछु !
 
मृत आत्माबाट (नमराज)
 
प्रिय भाग्यमा नलेखिएकी #सुस्मा
आज तिमीबाट टाढा भैसकेपछि पनि तिमिलाई दु:ख दिन आएको छु । म अहिले तिमीले सपनामा सजाएको नमराजबाट एउटा मृत आत्मामा अत्यन्तै दु:ख र कष्ट बेहोरेर परिवर्तन हुन बिवसतामा परिसकेको छु सजिलै बुझ्छेउ भने म एउटा न्याय मागिरहेको मृत आत्मा हुँ ।
 
खै तिमीले र मैले गरेको यो चोखो प्रेममा सायद् भगवान् कै नजर लागेछ क्यार ! तिमीले भगवान् भनेर पुज्ने तिम्रै बाबाआमाबाट आज यस्तो घात् भएपछि म यो आत्मालाई सहन नसकेर मात्रै आफ्नो छटपटी सकिनसकि पोखिरहेको छु अझै पनि तिमिलाई धेरै माया गर्छु ।
 
प्रिय, तिम्रो मन दु:खेपनि मेरो यो छटपटी सुनिदेउ है, अहिले हाम्रो यो फक्रिदै गरेको चोखो प्रेम कहाली लाग्दो छटपटीमा परिणत् होला भन्ने के थाहा थियोर ? तिम्रो बाबा आमाको दोष थिएन भनेर म कसरी भनम् अनि थियो भनेर पनि कसरी भनम, आफ्नो आँगनमा रोपेर हुर्कदै गरेको फूलको एउटा थुंगा टिप्दा त फूलसँगै चटक्कै चुडिने यो हाम्रो मन तिमीलाई कती गरेर स्याहार सुसार पालन पोषण गरेर यत्रि ठुली बनाईसके पछी उतिकै लैजान त कहाँ दिनेथिए होलान् र हैन  ? 
तिम्रो बाबा आमाको दोष थिएन भनेर म कसरी भनम् अनि थियो भनेर पनि कसरी भनम, आफ्नो आँगनमा रोपेर हुर्कदै गरेको फूलको एउटा थुंगा टिप्दा त फूलसँगै चटक्कै चुडिने यो हाम्रो मन तिमीलाई कती गरेर स्याहार सुसार पालन पोषण गरेर यत्रि ठुली बनाईसके पछी उतिकै लैजान त कहाँ दिनेथिए होलान् र हैन  ? 
तर, प्रिय  मलाई हार गुहार गर्दा पनि कसैले बाँचोस् सम्झनु भएनछ, मेरो एक मुठी सास लिनकै लागि धेरै लठ्ठी धेरै ढुङ्गाहरुको प्रहार भयो तर प्रिय यो प्रहारसँगै एउटा चोखो प्रेमको हार पनि भयो । प्रिय जहाँ प्रहार हुन्छ त्यहाँ एउटा न एउटा को हार त निश्चित नै छ तर यहाँ एउटा चोखो प्रेम हारिरहेको छ । प्रिय, मैले पनि त्यसरी धेरै जना ल्याउनुमा गल्तिनै गरेको रहेछु हुनत, हाम्रो  पनि बिहे नै होनी हैनर जिन्दगीमा एक पटक धुमधाम सँग गर्न नपाए पनि एक्लो छोरो यसो १०\२० जना जन्ती स्वरुप ल्याउनुमा यती ठुलो सजाए पाएकी सायद् तिमीले कल्पनासम्म पनि गर्न सक्दिनौ ।
 
प्रिय, यो सब हुनुमा मेरो नामको पछाडि  झुन्डिएको बिक कै कारण ठुलो थियो होला है यो समाजलाई ! हुनत तिम्रो उमेर सानै भनेर पनि यसरी खेदाइ खेदाइ  मार्नै पर्थ्यो र अन्य कानूनि कारवाहि भोग्न के म पछी हट्ने थिए होला र, भनेको भए म तिमी २० बर्ष नपुग्जेल पनि कुरिरहन्थे नि यानिकी अहिले न्यायको लागि त छटपटिमा कुरिरहेको छु भने ।
 
हाम्रो प्रेममा बिचरा मेरा कती जना निर्दोष साथीभाईहरुले समेत ज्यान गुमाउन पर्‍यो तिनिहरुको के गल्ती थियोर जे भएनभएको गल्तित मेरै थियोनी हैनर ?  उनिहरुको बाँच्न पाउने अधिकार आज भेरी सँगै  बगिसकेको छ अनि चोखो प्रेम पनि यदी जसरी पनि यो बिहे रोक्नु नै थियो त अरु पनि उपायहरु थिएनन्  होला र ? यो समाजमा आज एउटा चोखो प्रेममा ढुङ्गा  लठ्ठी प्रहार माथि प्रहार गरी छेदबिछेद् बनाईरहदा टाउको देखी सरिरका सबै अंग प्रत्यंग सबै भंग भै रगतको धारो बगिरहदा पनि तिमीलाई नै सम्झिरहेको थिए प्रिय यो कस्तो मुटु हो बिक झुन्डिएर नि सम्झिरहने ?
 
यो समाजमा आज एउटा चोखो प्रेममा ढुङ्गा  लठ्ठी प्रहार माथि प्रहार गरी छेदबिछेद् बनाईरहदा टाउको देखी सरिरका सबै अंग प्रत्यंग सबै भंग भै रगतको धारो बगिरहदा पनि तिमीलाई नै सम्झिरहेको थिए प्रिय यो कस्तो मुटु हो बिक झुन्डिएर नि सम्झिरहने ?
 प्रिय, तिम्रो बाबा आमाको इच्छा  चाहना र सपना त मेरो अन्त्य सँगै पुरा भैसकेको छ तर मेरो आमा बाबाको इच्छा चाहना सपना कस्ले पुरा गरिदेला एउटा आमाले अर्को आमाको मर्म बुझ्न नसक्ने यो कस्तो समाज हो । प्रिय बरु मलाई करेन्ट, कोरा हानेर नै जिउदै राखेको भएनी आज मेरी आमाको आस त बच्थ्यो होलानी ।  म तिमी प्रेमिकाको लागि मृत्यु त अङ्गाल्न सक्थे भने जन्मदिने आमाको सपनाको लागि के गर्थेन होला र ?  प्रिय अहिले के कसो गर्ने भन्ने दोधारमा पक्कै तिमी पनि छौ होलिऊ यदी त्यसो हो भने आउ यो भेरीको किनारामा प्रेम चढिएको जल एक अन्जुली आँखा चिम्लेर पिउ अनी रगत र आँसुले सुद्द भएको यो बालुवाको कसम खाएर भन मेरो आत्मा शान्तीको लागि अघि बढ्छु । अदालत न्यायालय जहाँ  जानु पर्छ तयार छु भनेर मेरो आग्रह तिम्रो बाबा आमालाई कारवाहि होस भन्ने हैन प्रिय । हुन नसकेको सासु आमा ससुरा बा ले हदैसम्मको कर्तब्य निभाउनु भयो म जस्ता अरु नमराजहरुलाई नमारीदिनु हुन मेरो आग्रह र अनुरोध छ ।
 
अन्त्यमा, प्रिय सुस्मा यदी मेरो याद आयो भने एक्लै भेरीको किनारामा आएर माथितिर हेर्नु म कुरिरहेको हुने छु । यो जुनिलाई यस्तै भयो प्रीयसी अर्को जन्मसँगै बाँचुला यदि यो जातभातकाे अन्त्य कापीको पानामा मात्रै नहटी समाजबाटै अन्त्य भएको रहेछ भने !
 
तिम्रो याद र न्यायको लागि छट्पटीरहेको 
मृत आत्मा (सधैं माया गर्ने नमराज) 

पवन तिमल्सिना 
हाल- नागोया जापान