देशको सिमा दु:खेको बेला फेरी रुकुमको पिडा थपियो


लेखापढी      १४ जेष्ठ २०७७, बुधबार १८:५७

देशको सिमा दु:खेको बेला फेरी रुकुमको पिडा थपियो
रुकुम घटनाको बारेमा भनिएको मेरो एउटा पोस्टले केहि साथीहरूको मन दुखेको भए मलाई लाग्छ अलि बुझाईमा फरक पर्यो होला !!
 
सर्बप्रथम उक्त घटनालाई कुनै बिशेष समुदायसँग दाजेर बोल्नु कमजोरि वा गलत बुझाई हुनसक्छ । घटनाको प्रारम्भिक सामान्य अध्ययनले पनि बुझ्नुपर्दछ- त्यहाँ केवल दलित समुदायका युवाहरु मात्र नभै अन्य क्षेत्री, ठकुरी युवाहरुको समेत साथ, सहयोगमा केटी भगाउन गएको देखिन्छ । जुन कुरालाई कुनै जातिय बिभेदसँग मात्र दाज्न मिल्दैन होला ।
बिगत लामो समयदेखि समाजमा रहेका अन्धविश्वास तथा मान्यता अन्तर्गत पर्ने चालचलनहरु मध्येको बिषय जातीय विभेद ठुलो समस्या हो । सबैलाई थाहा छ, समाज परिवर्तन हुन समय लाग्छ, परापुर्वकालदेखिको हाम्रा अभिभावकहरुको मानसिकता बदल्न पिटेर वा गाली गरेर सम्भव छैन र एकै चोटि जादु पनि हुनेवाला पनि छैन ।
हामी सानो छँदा जे देख्यौं जस्तो परिवेशमा हुर्कियौ, जुन कुरा कलिलो मस्तिष्कमा छापियो त्यही मानियो होला । तर मलाई लाग्छ मेरो उमेर समुहको मानिसहरुले आफ्नो होस सम्हाले पछि सायदै कसैले हाम्रो परिवार जति जातभातको लाई ठुलो सानो मानेको होला । किनकि मैले आफुले होस सम्हालेदेखि कुनै एउटा लाई पनि जातीय रुपमा हेपेको वा निच ब्यवहार गरेको छैन र घर परिवारबाट त्यस्तो गर्नु पर्छ भन्ने निर्देशन आएको स्मरणमा छैन ।
 
आज जसलाई दलित भनिन्छ मेरा थुप्रै साथी भाईहरु जो बचपनदेखि आजसम्म पृय छन । हिजो छुनु हुदैन भनेर सिकाए पनि खै ? हामी संगै बस्यौं खाना खायौं । माया प्रेम हुनेले बिहे पनि गरे भगाएर पनि लगे, तर कानुनको पालना गरेका छन । तितोसत्य र यतार्थता सबैले बुझेकै छन हिजो छुन नमिल्ने र दास बनाईएकाहरु आज अन्यसंगै बराबरीमा रहेका छन । पेशा, सेवा या सुबिधाको हिसाबले अझै आरक्षणहरु त्यही साथीहरुले पाउने, आरक्षण मागेर आफुलाई कमजोर हु र दलित हुँ भनेर चिनाउने पनि उहाँहरु नै हो । हाम्रो समाजमा रहेका ती बस्तीहरुमा आँफै गएर सहयोग गर्ने, सरकारी कार्यहरुमा उहाँहरुको सेवा सुबिधाको लागि अग्रसर भइ अनेक मानवीय सहयोग गर्न यो पंक्तिकारले कन्जुस्याई गरेको छैन अझ भन्ने हो भने आफ्नो क्षेत्रमा सकारात्मक समाजको परिकल्पनामा सदैब कृयाशिल रहेको कुरा राख्न चाहे । तर माने पनि नमाने पनि, अब एकैचोटि आकाश पल्टिदैन, कायापलट हुदैन । समाज परिवर्तन हुँदैछ, हामीले नै साथ सहयोग र अग्रसर हुनुपर्दछ ।
 
अहिले धेरै परिवर्तन भैसकेको छ, यहाँ ”दलित” भनिने शब्द नै हेपाहा शब्द हो, यो शब्द प्रयोग गरिनु उचित होइन र ती समुदायले पनि आफुलाई यो शब्द प्रयोग गर्नु राम्रो होइन भन्ने लाग्छ । त्यो पीडित समुदाय जुन हिजोको दिनमा तपाइहरु सङ्ग गरिने ब्यवहार र आज आकाश -जमिन को फरक छ, जुन तपाईहरु को मनलाई थाहा छ ।आफ्नो दुनो सोझ्याउन कुनै नेता होस या ठुलो रुख पत्रकार जसले ठुला कुरा गरेनी म फेरि भन्छु धेरै परिवर्तन भैसकेको छ, अझै हुन्छ केही समय लाग्ला मात्र… तसर्थ घटना धेरै घटे आजसम्म सबै घटना घटाउनमा सबै जातजातीको हात छ, म मान्छु ।
कुनै एउटा जातको मानिसले अपराध गरे सबै त्यस्तै हुन भनेर अपमान गर्नु गाली गलौच गर्नु उचित नै हो त ? 
कुनै एउटा जातको मानिसले अपराध गरे सबै त्यस्तै हुन भनेर अपमान गर्नु गाली गलौच गर्नु उचित नै हो त ?  झन् देशमा संकट परेका बेला, हामी लाई हेपेर सिमा मिच्नेको विरुद्ध लड्न एक हौ, विश्वव्यापि रुपमा फैलिएको कोरोना विरुद्ध सामजिक दुरि कायम राखेर लड्नु परे पनि मनको दुरि नघटोस मन एउटै होस । फेरि पनि मेरो आग्रह रुकुम घटनाको अपराधिलाई हदैसम्मको कडा सजाय दिन सबै मिलेर आवाज बुलन्द पारौ तर जातिय हिंसा भड्काएर सामाजिक सद्भभाब बिथोल्ने अधिकार कसैलाई छैन । जातीय बिभेदका सन्दर्भमा पुर्वजहरुले मानेका र गरेका गलत ब्यवहारले आजको समाजमा गलत विष नघोलौ ।
 
अन्तमा, हार्दिक श्रद्धान्जली सवै मृतकलाई । यस्तो अमानवीय र आपराधिक घटनाको सुक्ष्म र निष्पक्ष छानबिन तथा अनुसन्धान गरी दोषी सबैलाई कानुनी दायरामा ल्याई कारवाही होस् ।
 

रमा चन्द
महेन्द्रनगर, कंचनपुर
(महाकाली एफ.एम तथा रेडियो धनगढीमा पुर्ब कार्यक्रम सन्चालिका रहेको साथै माथिको विचार उहाँको ब्यक्तिगत धारणा हो । )