लुकाउनु किन पर्‍यो

उघारिदेउ मनका कुरा लुकाउनु किन पर्‍यो,
कसिएको दिलको डोरी फुकाउनु किन पर्‍यो !

त्यो मनको मझेरिमा कोही फुल फुलाउदैछ,
त्यसैले त मनको मुहान सुकाउनु किन पर्‍यो !

लुकी-लुकी झ्यालबाट टोलाएर हेर्न खोज्छौ,
समिप हुँदा नजरहरु झुकाउनु किन पर्‍यो !

दिल भित्र लुकी बस्ने आट पनि छैन भने,
नजर बाण हानी मुटु दुखाउनु किन पर्‍यो !

रहरका ’अंकुर’ बोकी तिम्रो सामु पुग्नै लाग्दा,
डिलैबाट भोटे कुकुर भुकाउनु किन पर्‍यो !


अंकुर चन्द
सुदुरपश्चिम

 1,401 total views

Your Thought
Spread the love !

You May Also Like

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nirajan malla
Nirajan malla
May 26, 2020 8:59 PM

wow

Pradeep Giri
Pradeep Giri
May 27, 2020 10:03 AM

Well done vinaju 😍💕💕

Trimal
Trimal
May 27, 2020 3:22 PM

रहरका ’अंकुर’ बोकी तिम्रो सामु पुग्नै लाग्दा,
डिलैबाट भोटे कुकुर भुकाउनु किन पर्‍यो ! — वाह वाह दामी छ । अंकुर सर अझै तिखा गजल पढ्न पाइयोस ।

Trimal
Trimal
May 27, 2020 3:24 PM

यति मिठा गजल यदि लकडाउनले ल्याएको भए अझै लकडाउन हवस ।

4
0
Would love your thoughts, please comment.x
()
x