हामी नेपाली र हाम्रो प्रबृत्ति


लेखापढी      १० जेष्ठ २०७७, शनिबार ११:१०

हामी नेपाली र हाम्रो प्रबृत्ति

थाहा छ आज ! मेरो यो  विचार पढ्ने जो कोहीले मलाई तथानाम गाली गर्नुहुनेछ । कसैले भन्नुहुने छ भारतीय दलाल ! कसैले भन्नुहुने छ, नेपाली आमाको नालायक सन्तान त कत्तिले त मलाई जिन्दगी भरी पुग्ने अस्लील गाली र बेइज्जती सम्मै गर्नुहुने छ ! यति कुरा थाहा पाएर पनि म यो लेख्न र भन्न गइरहेकाे छु । मैले भनिन भने अरु कसले भन्छ ? मलाई यो कुरा राम्रो सँग थाहा छ । परिवर्तन गर्ने हो, सुरुवात आफै बाट !!!

हाम्रो देश संसारका गरिब र अविकसित राष्ट्रहरुको सूचीमा पुच्छारबाट १/२ नम्बरमा आउछ, तर पनि हामी सधै सपना ठुला-ठुला विकास र धनी बन्नेको मात्र देख्छौ । यो स्वाभाविक मानवीय गुण नै हो । देख्नै परे पछि सपना ठुलै देख्नु पनि पर्दछ किन सानो सपना देख्ने त ? तर देखेको सपना साकार पार्न आफुले के-कस्ता सकारात्मक कदम चालेको छु त्यसमा भने सधै होसियारि अपनाउनु पर्दछ ।

थाहा छ ? विश्वका बिभिन्न मुलुकहरुमा हामी नेपालीहरुले यो वा त्यो बाहानामा आजको मितिसम्म एक करोडभन्दा माथिको संख्यामा गएर श्रम बेचिरहेका छौ । अझ भन्दै छौकी श्रम बेचेको हो, स्वाभिमान बेचेको होईन । आफ्नै देशमा ब्यापक श्रम-बजार हुँदा-हुँदै गएका हौ‌ र हामी ती मुलुकहरुमा श्रम बेच्न ? कदापी होइन । निरिह अवस्थामा, बिभिन्न बाहाना बनाई श्रम बेच्न यावत मुलुकमा जाँदा तपाइँ हाम्रो कुन स्वाभिमान बेचिएन भन्नुहोस त ? जवाफका लागि दिएको रेडिमेट जवाफ मलाई मान्य हुने छैन । छातिमा हात राखि सत्य-सत्य बोलेर जवाफ दिने हिम्मत गर्नु होला, ताकी यो पंक्तिकारलाई गाली गर्न समय खर्चिनु पर्ने छैन ।

आजको मितिमा हाम्रो देशमा भारतद्वारा मिचिएको भनेको लिपुलेक, लिम्पियाधुरा र कालापानी सिमाक्षेत्रको विवादले दुनिँया जगत ढाकेको    छ । के यो विवाद नयाँ वा पहिलो पटक भएको हो ? होईन, यो त म २०५०-०५१ सालतिर लक्का जवान हुँदा देखी सुनेको, देखेको र भोगेको कथा-व्यथा हो ।

आजको मितिमा हाम्रो देशमा भारतद्वारा मिचिएको भनेको लिपुलेक, लिम्पियाधुरा र कालापानी सिमाक्षेत्रको विवादले दुनिँया जगत ढाकेको छ । के यो विवाद नयाँ वा पहिलो पटक भएको हो ? होईन, यो त म २०५०-०५१ सालतिर लक्का जवान हुँदा देखी सुनेको, देखेको र भोगेको कथा-व्यथा हो । अझैं पछि भुगोल र इतिहास पढ्ने बिद्यार्थी त मेरा बाजेका पालाभन्दा पनि पहिलेकै समस्या रहेछ । जब बहादुर शाहले तिब्वत-चाईनाको लडाईमा अंग्रेजसंग सैनिक सहयोग मागे त्यो बेला देखिनै अंग्रेज-भारत, नेपाललाई आफ्नो इच्छामा चलाउने चालबाजी गर्न थालेको देखिन्छ । यद्वपी त्यो बेला अंग्रेज-ईन्डो फौज नेपाल नआएको भनिन्छ । त्यस्तै १८१६ मा नेपालको इच्छा बिपरीत गरिएको सुगौली सन्धि तथा कान्तिपुरका राजा जयप्रकास मल्लले १८२५ ताका पृथ्वीनारायण शाहको एकिकरण अभियान असफल पार्न ईष्ट ईन्डिया कम्पनिलाई क्याप्टेन किन्लकको कमाण्डमा नेपाल बोलाउनु र तत्कालीन अंग्रेज-ईन्डो फौज नेपालको पुर्वी सिमाना हुदै सिन्धुलिगढीसम्म आईपुग्यो यसरी हुँदै १९५० को सन्धि र राजा त्रिभुवन २००७ सालमा स-परिवार भारत निर्वासित हुदा अंग्रेज-भारतले केही सहयोग गरेको जस्तो गर्ने र त्यसको फाइदा स्वरुप हामीलाई लुट्ने गरीएको इतिहासको आधुनिक स्वरुप मान्न सकीन्छ हालको लिम्पियाधुरा, लिपुलेक र कालापानी सिमा समस्या ।

भलै राजा महेन्द्रले चालेका पछिल्ला केही कदम धेरै हदसम्म राष्ट्रबादी थिए, यद्वपी १०४ बर्षे राणा शासनको अन्त्य, कांग्रेस र कम्युनिष्टको जन्मसँगै देशमा पंचायत हटाई बहुदल वा प्राजातन्त्र स्थापित हुने अस्थिर राजनीतिले पनि हामीलाई मार खुवाएको तितो सत्य कहाँ छिपेको छ   र ? दुई विसाल मुलुकका बीचमा च्याप्पिएर रहेको सानो देश नेपालमा पटक-पटक राजनैतिक परिवर्तनका गलत अभ्यासले विकास र समृद्विलाई भगाएर नेटो कटाई सकेको अवस्था त अहिले पनि यथावत छ । केही विकास राजा महेन्द्रले र बाँकी समयकाे क्रमसँगै भएका विज्ञान-प्रविधिको विकासलाई यो गर्यौं र त्यो गर्यौं भन्दै जनतामा भ्रमको खेति छरेर हालका विद्यमान राजनैतिक पार्टीका नेताहरुले ब्याज स्वरुप हजम पारी देशलाई टाट पल्टाई सकेका छन । हामी भने स्वाभिमानको नारा घन्काएर अझैं यिनका गोट्टी बनीरहेका छौं ।

दुई विसाल मुलुकका बीचमा च्याप्पिएर रहेको सानो देश नेपालमा पटक-पटक राजनैतिक परिवर्तनका गलत अभ्यासले विकास र समृद्विलाई भगाएर नेटो कटाई सकेको अवस्था त अहिले पनि यथावत छ ।

भारत हाम्रो कदापी सत्रु राष्ट्र हुनै सक्दैन । उसलाई एक अशल छिमेकी राष्ट्र बनाउन हामी कहाॅनेर चुक्याै अब समिक्षा गर्ने बेला भएको छ । विश्वका श्रम बजारहरुको तुलनामा ठुलो हिस्सामा हामी नेपालीहरु आज भारतको श्रम बजारमा आफ्नो श्रम बेचिरहेका छौ । भारतले हाम्रो श्रम मात्रै किनेको छ, नकी स्वाभिमान ! हाम्रो स्वाभिमान किन्ने कुचेष्टा भारत आफैले कहिले गर्दैन, नत हाम्रो स्वाभिमान मा आँच पुर्याउन नै सक्छ ! त्यसै हामीले चोरको खुट्ट्टो काट् भन्दा खुट्टा उचालेझैं नगरौं । हो, केही भारतीय मिडियाहरु, केही विद्वान् र प्रोफेसर भनिने व्यक्तिहरु र एकाध राजनैतिक व्यक्तित्वहरुले सिमा-विवादका बारेमा नराम्रो टिका-टिप्पणी गरेका छन । साथै कोही त अलि असभ्य भै बोलेका पनि छन हाम्रो बारेमा ! त्यसो त तपाइँ हामीले पनि के नै बाँकी राखेका छौ र ? तर यस्तो खालको बाधा-बिरोधबाट कहिले पनि यो समस्याको समाधान हुन सक्दैन । बरु दुबै पक्ष संयमित भइ उच्चस्तरको राजनैतिक र कुटनैतिक छलफल मार्फत यो विवादलाई टुग्याउने प्रयासमा लाग्नु पर्दछ । यसरी सभ्य तरिकाले दुबै राष्ट्रका सरकारलाई घच्घच्याउने बुद्वि तिर किन लागी रहेका छैनौ हामी ?

भारतले हाम्रो श्रम मात्रै किनेको छ, नकी स्वाभिमान ! हाम्रो स्वाभिमान किन्ने कुचेष्टा भारत आफैले कहिले गर्दैन, नत हाम्रो स्वाभिमान मा आँच पुर्याउन नै सक्छ ! त्यसै हामीले चोरको खुट्ट्टो काट् भन्दा खुट्टा उचालेझैं नगरौं ।

एउटा सत्य कुरा भन्छु म, स्विकार्नुहोस या नस्विकार्नुहोस हामी नेपालीहरुको बानी संसारका मानिसभन्दा फरक खालको वा अलि बढ्तै अराजक खालको छ । आज हाम्रा नेपाली दाजुभाई भारत, बेलायत लगायतका मुलुकमा बकाइदा त्यहाँको झण्डा, राष्ट्रिय निशान छाप प्रयोग  गरिएका सैनिक पोशाक लगाई बुट बजारीरहेका छन, जसलाई हामीले र विश्वका सबैले ‘गोरखा’ भनी गौरब पनि गर्दछौ । त्यसरी एउटा भारतीय वा अन्य देशका कोही नागरिकलाई हाम्रो देशको राष्ट्रिय सेनामा भर्ती गरी हेरौ त ! के सक्छौ हामी यसो गर्न ? कदापी सक्दैनौ । देशको तत्कालीन राजनीतिबाट असन्तुष्ट बनी केही बर्ष आफ्नै देश र सरकारको बिरुद्व बिद्रोह गरेका आफ्नै नेपाली दाजुभाईलाई त केही संख्यामा सेना तथा प्रहरीमा समायोजन गर्न हामीलाई टाउको दुखाईको बिषय बनेको थियो भने त्यसरी बिदेशी नागरिक ल्याई भर्ती गर्नु त के, हामी सोच्न पनि सक्दैनौ ।

त्यसरी एउटा भारतीय वा अन्य देशका कोही नागरिकलाई हाम्रो देशको राष्ट्रिय सेनामा भर्ती गरी हेरौ त ! के सक्छौ हामी यसो गर्न ?

हामी आफु यस्तो बेफ्वाकको राष्ट्र, राष्ट्रियता र स्वाभिमानको कुरा गरीरहँदा भारत र बेलायतको स्वाभिमान कता गयो होला ? हाम्रा दाजुभाई नेपाली नागरिकता बोकी तिनको राष्ट्रिय सेनामा काम गर्दा ? ६०/७० हजार गोर्खाली सेना भारतबाट निकालियो भने थप ७० हजार भारतीय जवानले रोजगार पाउँथे, खोई ती जवानहरुले बिरोध गरेको सुन्नु भएको छ ? त्यस्तै अवस्था बेलायतमा छ । बरु उल्टो हामी गेसोसेसो के-के संघ-संस्था निर्माण गरी भारत सरकार र बेलायत सरकारका बिरुद्व उनकै देशमा नेपाली झण्डा उचाली नारा-बाजी गर्छौ । सोचौ त भारतिय या बेलायतीले सि‌ंहदरबार अगाडि यसै गरि भारत र बेलायतको झण्डा फहराउँदै बिभिन्न माग राखे भने हामी के गर्छौ होला ? अस्ति मात्रै चाईनिजले आफ्नो देश फर्कीन पाउँ भनी गरेको बिरोधको कार्यक्रममा प्रहरीसँगको केही लछारपछारमा हामीहरु चाईनिजहरुको बिरोध गर्दै सामाजिक संजालभरी खनियौं । हाम्रो आफ्नो बानी-ब्यहोरा यस्तो छ ! दुनियाँलाई दोष दिन्छौ । विश्व बजारमा गएर हामीले श्रम बेचेको हो, श्रम भन्ने कुरा जसले, जहाँ, र जसरी पनि बेच्न पाउनु अन्तर्राष्ट्रिय मानव अधिकार हो । श्रम बेच्ने एउटा श्रमिकलाई आफ्ना नागरिक सरहको सम्मान दिई राख्नु उनीहरुको महानतालाई कदापी हामीले कमजोरी ठान्नु हुदैन । हो त्यही हो हाम्रो स्वाभिमानको रक्षा ! हाम्रो स्वाभिमानका रक्षकहरुको पनि अझै उच्च सम्मान गरी श्रम बेचौ‌ त हाम्रो स्वाभिमानमा कदापी दाग लाग्ने छैन । तथापी बिदेशीहरुले नै हाम्रो स्वाभिमान जोगाईदिन लागीपर्ने छन ।

श्रम बेच्ने एउटा श्रमिकलाई आफ्ना नागरिक सरहको सम्मान दिई राख्नु उनीहरुको महानतालाई कदापी हामीले कमजोरी ठान्नु हुदैन । हो त्यही हो हाम्रो स्वाभिमानको रक्षा ! हाम्रो स्वाभिमानका रक्षकहरुको पनि अझै उच्च सम्मान गरी श्रम बेचौ‌ त हाम्रो स्वाभिमानमा कदापी दाग लाग्ने छैन ।

त्यसैले न‍ेपाल-भारतको सिमा विवाद यो दुनिँया थरी टिका-टिप्पणी र अराजक गतिविधिबाट सान्त वा साम्य हुने बिषय होइन । उपल्लो स्तरको राजनैतिक संयन्त्र, परराष्ट्रमामिला विज्ञ, सिमाविद्हरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षाविद् तथा उच्चस्तरका कुटनैतिज्ञ व्यक्तिहरु सम्मिलित भई वडो चातुर्यताका साथ समाधान गर्ने बिषय हो । भरसक दुबै तिरका केही मित्रराष्ट्रका विशिष्ट प्रतिनिधि साँक्षीको रुपमा राखेर यो समस्याको दीर्घकालीन समाधान तिर लाग्नु पर्दछ । नेपाल सरकार वा भारत सरकारले आफ्नो मनमौजी ढंगले नक्सा तयार गरेर क्षणिक समाधान होला तर दीर्घकालीनरुपमा झन-झन जटिल बन्दै जान्छ । जो नेपाल तथा भारतमा अहिले भैरहेको छ यो दुबै तिरको आ-आफ्नो स्वार्थपुर्ण आन्तरिक राजनैतिक खेल सिबाय अरु केही होईन । माथि भनिएझै तरिकाले यो समस्याको समाधान दीर्घकालीनरुपमा गरीएन भने लेखेर राख्नुहोस फेरी केही महिना वा केही बर्ष पछी ज्यूँकात्यूँ र अझैं बढ्तै ढंगले बढेर यो समस्या बल्झिएन भने यो लेख्ने काम म बन्दै गरिदिन्छु ।


लेखक 
बिबेक चन्द ठकुरी (मध्यपश्चिम, नेपाल)