परिश्रम र ज्ञान

एकपटकको कुरा हो, एक जना मानिस जागिरका लागि एउटा कम्पनीमा गयो । उसले त्यहाँ रुख काट्ने काम पायो । तलब पनि राम्रो थियो र कुनै सर्तहरू पनि थिएनन् । ऊ एकदमै खुशी भयो । कम्पनीको हाकिमले उसलाई एउटा बन्चरो दिँदै काम गर्ने ठाउँ देखाइदियो । उसले काम सुरु गर्यो । उसले पहिलो दिनमै २५ ओटा रूखहरू काट्यो ।

हाकिमले उसलाई धन्यवाद दिँदै भन्यो, “आउने दिनहरुमा पनि यसै गरी काम गर्दै जानु अर्को महिना तलब बढाई दिन्छु ।”

उ धेरै खुशी भयो । अर्को दिन पनि उसले समयमा नै आएर काम गर्न सुरु गर्यो । आज उसले जम्मा २० ओटा रूखहरू मात्र काट्न सक्यो ।
उसको हाकिमले त्यसमा कुनै आपत्ति जनाएका किन भने उसले पहिले/पहिले काम गर्दै थियो र थाकेको हुन सक्ने अनुमान लगायो । उसलाई उसै गरी धन्यवाद दियो ।

अर्को दिनपनि उ समयमा नै आएर काम गर्न सुरु गर्यो तर आज उसले केवल १० ओटा रुख मात्र काट्न सक्यो । उसलाई आफू कसरी कमजोर भए भन्ने महसुस गर्यो । तथापि उसको हाकिमले उसलाई केही नी भनेन ।

ऊ आफ्ना कामले झन् झन् निराश भइरहेको थियो । उसलाई आफू कमजोर भइरहेकोमा ग्लानि भइरहेको थियो । उसले उही ऊर्जाका साथ काम गर्यो तर उसले आज ३ ओटा भन्दा बढी रुख काट्न सकेन आज ।

ऊ आफैं गएर आफ्नो मालिकलाई आफूले काम गर्न नसकिरहेकोमा माफी माग्यो । उनले हाकिमलाई भने ” आखिर के भइरहेको छ थाहा नै भएन तर मैले उही जोश र सक्तिका साथ काम गरिरहेको छु ।”

हाकिमले उनलाई सोधे “तापाईले अन्तिम पटक आफ्नो बन्चरो कहिले तिखार्नु भयो ?”

उसले भन्यो “सर मलाई आफ्नो बन्चरो तिखार्ने समय नै भएन, म रूखहरू काट्न धेरै व्यस्त भए ।”

कथाको शिक्षा : कहिलेकाहीं कडा परिश्रम गरेर सफलता प्राप्त गर्न पर्याप्त हुँदैन । तपाईंले चलाखीपूर्वक पनि काम गर्नु पर्छ ! कथामा त्यो व्यक्ति कामका लागि उत्तम व्यक्ति हो तर यो खास कार्यमा सफल हुनको लागि उसको सही दृष्टिकोण, सोच र ज्ञान को आवश्यकता पर्दछ । सही सोच विचार र दृष्टिकोणको साथ तपाइँ अगाडि बढ्नु भयो भने जीवनमा कुनै पनि कुरा असम्भव छैन ।


लेखापढी (मन परेमा सेयर, लाईक कमेन्ट गरी दिनु होला)

 7,136 total views

Your Thought
Spread the love !

You May Also Like

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x