कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु, २९ वर्षीय महिलाको मृत्यु भएको पुष्टि


लेखापढी      ३ जेष्ठ २०७७, शनिबार २१:४१

कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु, २९ वर्षीय महिलाको मृत्यु भएको पुष्टि

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट पहिलो पटक एक जनाको मृत्यु भएको घटना बाहिर आएको छ ।
सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।

तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको छ ।