काठमाण्डौं महानगरका सफाई कर्मचारीसहित ३१ जनाको आरडीटी रिपोर्ट पोजिटिभ


लेखापढी      २ जेष्ठ २०७७, शुक्रबार १९:०५

काठमाण्डौं महानगरका सफाई कर्मचारीसहित ३१ जनाको आरडीटी रिपोर्ट पोजिटिभ

काठमाडौं : काठमाडौँ महानगरपालिकामा काम गर्ने ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। शुक्रबार गरिएको र्‍यापिड डाइगोनेस्ट परीक्षणमा ३१ जानाको पोजेटिभ देखिएको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमु्ख नरेन्द्र विलास बज्राचार्यले बताए। पोजेटिभ देखिएका अधिकांस सफाइ कर्मचारी रहेको उनले बताए ।

उनकाअनुसार आज महानगरपालिकाका फोहोरमैला उठाउने कार्यमा खटिनेसहित चालक, स्वयमसेविकालगायतका कर्मचारीमा कोरोना परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । यस्तै आरडीटी पोजेटिभ देखिएका ३१ जनामा पीसीआर विधिबाट परीक्षण गरिएपछि मात्रै कोरोना भए-नभएको पुष्टि हुने उनले बताए ।

उनका अनुसार उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ । कोरोनाका संकास्पद बिरामीलाई हाल महानगरको वातावरण विभागले नै निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।

श्रोत : समाचार एजेन्सीको सहयोगमा (रातोपाटी, अन्नपूर्ण पोस्ट लगायत)­