खुकुरी उठाउन नपरोस !!!


लेखापढी      १ जेष्ठ २०७७, बिहीबार १८:४०

खुकुरी उठाउन नपरोस !!!

प्रदेशमा घोट्टिने  यी पाखुरीले खुकुरी उठाउन नपरोस
सदियौदेखि चल्दै आएको सम्बन्ध अब छुटाउन नपरोस !

सहमतिमै दिन्छौ भने देऊ हाम्रो मातृभूमि
नत्र ३ करोड बीर गोर्खाली सिमानामा जुटाउन नपरोस !!
 
गोर्खालीको ईतिहाँस अवगत नै छ होला सायद
गोर्खे मुक्काले दुस्मनी टाउका फुटाउन नपरोस !
 
फेरी पनि माग्छु अझै अधिकार अनि मातृभूमी
गोर्खाली तातो रगतले नाम निसानानै टुटाउन नपरोस !!
 
तिम्रै सेनामा भर्ती छन हजारौं वीर गोर्खालीहरु
तिमीले नै दिलाएका हतियार उल्टै चलाऊन नपरोस !
 
सहमतिमै दिन्छौ भने देउ हाम्रो मातृभूमी
नत्र ३ करोड वीर गर्खाली सिमानामा जुटाउन नपरोस !!
 
प्रदेशमा घोट्टिने यि पाखुरिले खुकुरि उठाउन नपरोस
सदियौदेखि चल्दै आएको सम्बन्ध अब छुटाउन नपरोस !

पवन तिमल्सिना
हाल जापान, नागोया