भारतीय बिस्तारबाद बिरुद्ध जापानबाट राष्ट्रबादीको आवाज !!!


लेखापढी      १ जेष्ठ २०७७, बिहीबार २२:४५

भारतीय बिस्तारबाद बिरुद्ध जापानबाट राष्ट्रबादीको आवाज !!! आज पनि यो कलम उठिसकेको छ, आफ्नो करियर बनाउन र उज्जल भाबिष्यको कल्पना गरेर सकी नसकी त्यो बाल्यकालबाट उठाईएको यो कलम आफू र आफ्नो लागि मात्रै नउठेर परिवार समाज साथि सँगिनी लगायत समाजको राम्रो नराम्रो सबै पक्षमा उठिनै रहने छ। 

आज चाँही यो कलम आफ्नो देशको लागि उठिसकेको छ र सधैं नै उठिरहने छ । आज यो कलम उठाउन सक्ने हैसियत सम्म पुर्‍याउनु हुने मेरो मातपिता लगायत मेरो गुरुबा-गुरुमा सबै जनाप्रती सम्मानपूर्ण माया अनी सम्झना साथै धन्यबाद प्रकट गर्न चाहन्छु । 

आज यस्तो अवस्थामा पनि यो कलम आफ्नो आमा समान मातृभूमी प्रती पनि उठ्न सकेन भने यसपछी आउने दिनहरुमा यो कलम उठाउनुको कुनै औचित्य र महत्त्व शायद कायम रहन्छ जस्तो मलाई लाग्दैन ।

आज यो कलम आक्रोसित भएर उठिसकेको छ । हुनत नउठोस पनि कसरी आज यस्तो अवस्थामा पनि यो कलम आफ्नो आमा समान मातृभूमी प्रती पनि उठ्न सकेन भने यसपछी आउने दिनहरुमा यो कलम उठाउनुको कुनै औचित्य र महत्त्व शायद कायम रहन्छ जस्तो मलाई लाग्दैन । आज आफ्नै छिमेकी भन्दै सम्बन्धमा बाधिएर यहाँसम्म आउँदा पनि हामीले गर्नुपर्ने सम्मानमा कुनै कमी गरे जस्तो मलाई लाग्दैन । मैले अध्ययन गरेको इतिहास र अहिलेसम्मको स्थिति परिस्तिथिले हामी नेपालीहरु धैर्य, शान्ति प्रिय नै रहेको पढ्न पाईन्छ र हामी नेपाली वास्तबमै कसैमाथि जाई लागेको ईतिहास छैन । दापबाट खुकुरी निस्के पछी दुस्मनको रगत चाख्नै पर्दछ ।  

आज यो कोरोनाको महासंकटमा संसार गुज्रिरहेको मौका छोपि छिमेकी मुलुक भारतले जसरी हाम्रो मातृभूमी माथि बज्रप्रहर गर्दै लिपुलेक, कालापनी, लीम्पियाधुरा लगायतका क्षेत्रमा लगभग ८२ किलोमिटरको मोटर बाटो संचालनमा ल्याएको छ । जुन असल छिमेकीको बिशेषता होईन र हामी माथि छलकपटपुर्ण व्यबहार हो । यो कार्य कदापि क्षमा दिन लाएक हुनैसक्दैन ।  त्यसैले हामी सबै तीन करोड नेपालीहरु मध्ये जो जतिले बिभिन्न किसिमका सामाजिक संजाल प्रयोग गर्दै आएका छौ जस्तै: युट्युब, पत्रपत्रीका, फेसबुक, टुइटर लगायत सबै सामाजिक संजालबाट बिरोध जनाउनु पर्दछ। अहिले यो अवस्थामा पनि हामीहरुले यो कलम, मोबाइल, ल्यापटप, कम्प्युटरका किबोर्डलाई देशको लागि उठाउन सक्दैनौ भने हामी गुलामी सहेर बस्न बाध्य हुनु पर्नेछ। 

हामी सबै तीन करोड नेपालीहरु मध्ये जो जतिले बिभिन्न किसिमका सामाजिक संजाल प्रयोग गर्दै आएका छौ जस्तै: युट्युब, पत्रपत्रीका, फेसबुक, टुइटर लगायत सबै सामाजिक संजालबाट बिरोध जनाउनु पर्दछ ।

तपाईं हामीले नेपाली हुँ भनेर बोक्दै आएका नागरिकता, पासपोर्ट लगायतका लिखित प्रमाणपत्रहरु अब पनि हराउलाकी, पानीले भिजेर च्यातिएलाकी भनेर डरमा रहनु भन्दा बरु नदिमा लगेर सेलाईदिए हुन्छ, पिण्डदान गरिदिए पनि फरक पर्दैन । आजको दिनमा पनि तपाईंले यो मोबाइलको स्क्रिनमा देशको लागि केही लेख्न सक्नु हुन्न भने भोली बाटै यो सामाजिक संजाल बन्द गरिदिए हुन्छ । देशको निम्ती एउटा स्टाटस मात्रै भने पनि लेख्न जरुरी छ, सबै जनाले यसरी सामाजिक संजालमा देशप्रती देखाएको मायाले भारतसँग बार्ता गर्न डरले कापिरहेको सरकारलाइ बल मिल्थ्यो कि अनि वार्ता पो गर्थ्यो कि !! 

एकपटक सबजनाले सोच्ने समय आएको छ सामाजिक सन्जालमा सबै नेपालीहरु एकताबद्द भएको देखेर भारत पनि हच्की पो हाल्छ कि।  त्यसैले चलाऊनुस तपाईंका किबोर्ड देशको निम्ती, सरकारलाई बिउझाउनुस आफ्नो मातृभूमी फिर्ता पाउनको निम्ती ।  संसारमा असम्भब भन्ने कुनै कुरा छैन ढिलो चाडोको कुरा मात्र हो केही समयमै यो महासंकट पनि पार लाग्ने छ । अझै पनि ढिला भएको छैन सामाजिक सन्जालबाट आफ्नो मातृभूमीको लागि केही बोल्नुस, लेख्नुस नत्र भोलिदेखी म नेपाली हुँ भन्दै नाक फुलाउन बन्द गर्दिनुस । 

त्यसैले चलाऊनुस तपाईंका किबोर्ड देशको निम्ती, सरकारलाई बिउझाउनुस आफ्नो मातृभूमी फिर्ता पाउनको निम्ती । 

हो हामी धेरै युबायुबतीहरु आ-आफ्नो  बाध्यता र परिस्तिथिसँगै सुन्दर भबिस्यको कल्पना गरेर बिदेसी भुमिमा आफ्नो रगत, पसिना, निन्द्रा,भोक-प्यास, इच्छा, चाहना र मेहनत बेचिरहेका छौ ।आज हामीहरुको आवाज हाम्रो सरकरले सुनिरहेको छैन हाम्रो अवस्था यो कोरोनाको महासंकटले दिनानुदिन झन्झन दयनिय बन्दै गहिरहेको छ, चारैतिर हारगुहार गरे पनि सुन्ने वाला कोही देखिएको छैन । प्रदेशमा काम गुम्नेहरुलाई उतिकै पिडा छ अनी काम भएकाहरुलाई काममा जान डर र त्रासमा रूमलिएको अवस्था छ। के गर्नु रोग लाग्लाकी भन्ने डर यो पापी पेटलाई पनि हुदोँ हो भने भोक नै लाग्ने थिएन होलानी होइन त…? 

जहाँ जे जस्तो अवस्थामा रहनु भएको छ सुरक्षित रहनु होला । काममा जाँदै हुनुहुन्छ भने सुरक्षित भएर जानु होला।  अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्नु होला।  यो महासंकटमा पनि छिमेकीले देखाएको दादागिरिको लागि बिदेशी भुमी मै रहेर पनि एउटा स्टाटस लेख्नु होला । वीर नेपालीहरुको एकता देखाउने समयनै यस्तै यस्तै संकटमा हो । 

जय देश जय मातृभूमी । 


पवन तिमल्सिना
ललितपुर, हाल जापान नागोया