नेपालमा मंगलबार एकैदिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो


लेखापढी      ३० बैशाख २०७७, मंगलवार १३:४९

नेपालमा मंगलबार एकैदिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो

३० वैशाख, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

संक्रमित सबै पुरुष भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।

मंगलबार संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका एक जना रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

लेखापढी : एजेंसिको सहयोगमा