राउटेहरु ठकुरी हुन तर ठकुरीहरु राउटे होईनन्


लेखापढी      २९ बैशाख २०७७, सोमबार २२:२२

राउटेहरु ठकुरी हुन तर ठकुरीहरु राउटे होईनन्

मैलेआफ्नो जीवनकालमा थुप्रै पटक राउटेहरुलाई साक्षात भेटेको छु । राउटेहरु बिशेष गरी मेरो जन्मथलो सुर्खेत र मध्य-पश्चिम आसपासका क्षेत्रका बिभिन्न जंगलहरुमा बस्ने आदिमानव भएको र प्रत्यक्ष भेट र संवाद गरेकोले मेरो आफ्नो अनुभव र अध्ययन सहितको राउटेसम्बन्धी लेख प्रस्तुत गर्न गैरहेको छु ।

उतिबेला गाउँमा सानै उमेर भएकाले राउटेहरु आउँदा डरले घरभित्र कोकोहोलो गर्दै थुप्रै पटक लुकेको छु । मेरो गाॅउतिर मात्र नभै मध्यपश्चिम क्षेत्रमै बच्चाहरुलाई फकाउन वा फुल्याउनलाई राउटे आउदै छन वा राउटे बोलाई दिन्छु, चुप लाग भने पछी ! केटा-केटी सास पनि फेर्न नपरेस झैं गरी लुक्ने वा चुप बस्ने गर्दथे । यो मेरो आफ्नै अनुभव पनि हो । २०५० साल पछी भने म राउटे देखेपछी लुक्नु भन्दा पनि प्रत्यक्ष भेट्ने, राम्रोसँग बोल्ने, राउटेहरुले ल्याएका काठका कोशी, बाकस र मधुसजस्ता भाॅडाहरु घरमा राख्दा त्यही मौका पारी कतिसँग सुख-दु:खका कुरासम्म गरेको छु । 

२०५० सालपछी भने म राउटे देखेपछि लुक्नु भन्दा पनि प्रत्यक्ष भेट्ने, राम्रोसँग बोल्ने, राउटेहरुले ल्याएका काठका कोशी, बाकस र मधुस जस्ता भाॅडाहरु घरमा राख्दा त्यही मौका पारी कतिसँग सुख-दुखका कुरासम्म गरेको छु । 

यो प्रशंग किन पनि मैले लेख्नै पर्ने ठाने भने केही हप्ता अगाडी “हाम्रो नेपाल, हामी नेपाली” नामक सामाजिक संस्थाका संयोजक तथा “भ्रष्टाचार बिरोधी” अभियन्ता ज्ञानेन्द्र शाहीलाई उनकै पुर्ब सहकर्मीले ‘राउटे’ भनेर गाली गरेको अडियो भाईरल भएपछी त्यस अडियोलाई लिएर सामाजिक संजालमा धेरै कुरा आए । अडियोको तलका कमेन्टहरु हेरेको जातिय द्वन्दको विजारोपण होला जस्तो गरी, जात-जाती र एक अर्काको धर्म-संकृतिमाथी हिलो छ्यापाछ्याप गरेको पाए । साथै धेरै मानिसहरु राउटे को हुन ? भन्ने बारेमा अनविज्ञ रहेको पनि पाए र लेख्नै पर्ने ठाने ।

म ठकुरी हुॅ, ठकुरी हुनुभन्दा पहिला म नेपाली हुॅ । ठकुरीलाई राउटे भनेकोमा मलाई कुनै आपत्ती छैन । र अन्य कुनै पनि ठकुरी समुदायका साथीहरुले अप्ठेरो वा आपत्ती मान्नु पर्दैन ।

राउटे ठकुरी नै हुन, तर ठकुरी राउटे होईनन् । हामी ठकुरीबाटै बिकासलाई पछ्याउन नसकेको एउटा सानो समुदाय आज पनि जंगलमा छ जसलाई हामी राउटे भनिरहेका छौ भने कसैले हामी या कुनै पनि ठकुरूलाई राउटे भन्दा कहाॅनिर आपत्ती छ ? राउटेहरु ठकुरी हुन ।
किन तिनीहरुलाई राउटे भनियो ? त्यो पनि म सँग बलियो प्रमाण छ । केही आसय तल पढ्दै जानु भयो भने बुझ्नुहुने नै छ । तर यो वा त्यो बिशेषण जोडेर कसैलाई पनि गालीगलौज गर्नु राम्रो होईन । अझैं उसको परिवार, जाति वा समुदायलाई नै असर पर्ने सब्द प्रयोग गरी गरीनु गालि अत्यन्तै निन्दनीय र दण्डनीय कुरा हो । 

हाम्रो नेपाली समाजमा हर-कोही जाति वा समुदायलाई बिभिन्न बिशेषण जोडेर गाली गर्ने गरीन्छ जस्तै ब्राहाम्मन वा बाहुनलाई बाहुनकाठो, टुप्पी, टपरे, आदी र क्षेत्रीहरुलाई खस्या, खसेटा भन्छन त्यस्तै अन्य जाति र समुदायलाई पनि अनेक थरी भनीन्छ त्यो सबै म यहाॅ उल्लेख गर्दिन, तर पनि यसरी कसैको जाति, समुदाय, धर्म र क्षेत्रलाई होच्याई वा तुच्छ सब्दले हेलाॅहोचो गरी बोल्नु बुद्वीमानता होईन । सबैलाई थाहा भएकै कुरा हो हाम्रो देश भौगोलिक बिभिदताले बनेको छ, सय थरी जात-जाती, फरक-फरक भाषा र संकृतिको एक अनुपम मिलन केन्द्र हो । यसमा हामीले गौरव गर्नु पर्दछ । कुनै पनि जाति वा समुदायलाई असर पर्ने काम कुरा गरे राज्यले त्यस सम्बन्ध सक्त कानुन बनाएको छ । आफु उपर त्यस्तो अभियोग लागी अनाहकमा कानूनि सजायमा फस्ने काम कसैले पनि नगर्नुहोला । 

कसैको जाति, समुदाय, धर्म र क्षेत्रलाई होच्याई वा तुच्छ सब्दले हेलाँहोचो गरी बोल्नु बुद्वीमानता होईन ।

राउटे जातिहरु खस आर्य समुदायको पिछडिएका ‘ठकुरी’ (Thakuri) अर्थात नेपालका लोपोन्मुख आदिवासिहरू हुन् । मध्य–पश्चिमको सुर्खेत, दैलेख तथा सल्यानका आसपासका जिल्लामा फिरन्ते जीवन बिताउने यिनिहरु खस भाषा बोल्दछन । यिनीहरु नेपाली भाषा पनि राम्रोसँग बोल्न साथै बुझ्न सक्दछन् । जंगली जनावरमा बिशेष गरी गुना-बाॅदर सिकार गर्ने र जंगली फलफुल र कन्दमुल साथै अन्य वनस्पति खाएर बाच्ने गर्दछन । विशेष गरेर राउटे जातिले लठ्ठी-लौरो बाजा, मजिरा, मादल र ढ्याङग्रो बाजा प्रयोग गर्ने गर्दछन । राउटेलाई नदेखेको नबुझेको मानिस तर्सिन आत्तिन सक्छ तर तिनीहरु पनि बिकसित मानव समुदाय नै हुन । हामीसँग राम्रो मानवीय ब्यवहार नै गर्दछन । 

नेपालको जनगणना २०६८ अनुसार राउटे जाति कुल ६१८ जना रहेका छन् । यिनिहरु बिशेष गरेर मध्य तथा सुदुर-पश्चिमका  भेरी, राप्ती, कर्णाली र महाकालीको जलाधार क्षेत्रमा बसोबास गर्ने गरेका छन । मध्य–पश्चिमको सल्यान तथा आसपासका जिल्लामा मात्रै १२८ देखि १३५ जनासम्म राउटेहरू बस्ने गरेका छन । नेपालको नयाॅ संबिधानले राउटै जातिलाई लोपोन्मुख एउटा छुट्टै जाती, बर्ग वा समुदायको रुपमा परिचित गरेको छ । राज्यले दिने हरेक सुबिधा र उनिहरुको मानव अधिकार पुर्ण सुरक्षित गरेको छ ।

नेपालको नयाॅ संबिधानले राउटै जातिलाई लोपोन्मुख एउटा छुट्टै जाती, बर्ग वा समुदायको रुपमा परिचित गरेको छ । राज्यले दिने हरेक सुबिधा र उनिहरुको मानव अधिकार पुर्ण सुरक्षित गरेको छ ।
उनिहरु स्वयंमलाई त हामीले हेप्न चेप्न पाउदैनौ भने ज्ञानेन्द्र शाही वा अन्य कुनै पनि ठकुरीलाई राउटे बिशेषण जोडेर गाली गर्नु कत्तिको उपयुक्त होला आफै बुझ्नुहोला । मैले धेरै अध्यन अनुसन्धान गरी राउटे सम्बन्धी यत्रो लेख तयार पारेको छु । पढ्नु होला राउटे को र के हुन । 

फिरन्ते जीवनशैली भएका राउटेहरू विभिन्न जंगलहरूमा बसाइँ सर्दै बस्ने गर्दछन । जंगलमा पुगी काठका कोशी, मदुस, र काठकै बाकसहरु बनाई गाँउमा लगेर अन्न पातसँग साटेर जिविका धान्ने गर्छन् । काठका सामग्री निर्माण गर्नु, गुना-बाॅदरको शिकार गर्नु, माग्नका लागि नजिकका गाउँमा पुग्नु उनीहरूको दिनचर्या हो । आफूले बनाएको काठका सामाग्री बोकेर अन्न-पात साट्न गाउँमा पुग्ने र फर्केर आउन नसके नजिकैको जंगलमा वासको प्रबन्ध गर्छन् । बिभिन्न रुखहरुका हरियो स्याउला र काठका खाॅबा-घोचाहरूद्वारा गोलाकार र छाप्राहरु वरिपरि बनाएर बीचमा केटा-केटी खोल्ने र आइमाईहरुले धान कुट्ने, निफन्ने आदि काम गर्न सम्म परेको ठाउँ राख्छन् । छाप्रो बनाउने कार्य महिलाले गर्छन् भने काठ काठ्ने खाॅबा-घोचा तयार गरीदिने काम पुरुषले गर्दछन ।

राज्यको कर तिर्नु, खेति-पाति गर्नु, गाउँमा बस्नुलाई र अर्काको सित्तैमा खानुलाई महा-अपराध ठान्दछन । साईत गरेर बाटो लागेपछि पछाडि फर्केर खोला वा तालको पानी खाँदैनन् । यिनीहरुले मुलको पनाी मात्र खान्छन् । सम्पत्तिको रूपमा यिनीहरूसँग पकाउने भाँडा, दाउरा काट्ने र शिकार गर्ने केही हतियारमात्र हुन्छन् । कमिज-पेन्ट लगाएको गाॅउले मानिस भेट भए शिकार पर्दैन भन्ने यिनीहरूको बिश्वास छ । साथै कहिले काही शिकार नपर्नुलाई भगवान रिसाएको ठान्छन् ।

धेरैलाई जिज्ञासा हुन सक्छ किन राउटे एकै ठाउँमा घर बनाएर बस्दैनन् ?  यसको मुख्य दुई कारण छन ।

१) बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा तत्काल त्यो ठाउँ छाड्नुपर्ने राउटेको चलन रहेको छ । समुदायको कुनै सदस्यको मृत्यु भए तत्काल त्यही ठाउँमा गाडेर सबै जना रुँदै कराउँदै अर्को बासको खोजीमा हिँड्नुपर्ने संस्कारले गर्दा उनीहरू एकै ठाउँ बस्न नसक्ने रहेछन् । मान्छे मर्नेबित्तिकै त्यस ठाउँलाई अशुभ ठानेर उनीहरू नयाँ ठाउँको खोजीमा हिँड्छन् । नयाॅ ठाउँमा पुगेर मृत्युको पीडालाई भुल्ने र अब नयाँ ठाउँमा आइपुगियो, मर्ने मरिहाल्यो अब अरुलाई केही हुँदैन भनेर सम्झाइन्छ । त्यसपछि विस्तारै मृत्युको कुरा बिर्सन्छन । राउटे बसाई सर्दा अर्को ठाउँको अध्ययन गरी उपयुक्त ठाउँको छनोट गर्दैनन् । हिड्दै जाँदा जुन ठाॅउमा रात पर्छ त्यसैलाई उपयुक्त बासस्थान ठान्छन् तर जंगल नै हुनु पर्दछ । रात पर्‍यो भने भगवानले यहीं बस भनेको छ भन्ने मान्यता छ । त्यसपछि सबै जनाले रूखका हाँगाहरू काटेर छाप्रा बनाई अब यहाँ कोही कसैलाई केही नहोवस वा नमरोस भन्ने कामना गर्दै बस्छन् । कतै नयाॅ बसाई सर्दा प्राय जसो एकपटक आफ्ना सदस्य मानिस मरीसकेको ठाउँमा फेरि फर्केर जादैनन् ।

२) लामो समयसम्म कुनै पनि सदस्यको मृत्यु भएन भने वा त्यस ठाॅउमा गाॅउका अन्य मानिसहरुको चहलपहल धेरै बढ्यो र असुरक्षा महसुस गरे भने पनि उनीहरू बास सर्छन् । कतिपय ठाउँमा गाउँका मानिसहरु आएर वन मासिदिए भने मानिस नमरे पनि बास सर्ने गर्दछन ।

दारे मस्टो र भयाॅर्रलाई आफ्ना कुल देवताको रुपमा पूजा गर्दछन् । यिनीहरु हिन्दु धर्म मान्दछन् । बिहान-बेलुका एक छाक खान जतिसुकै कठिन भए पनि ‘दारे मस्टो’ र ‘भयाॅर्रको’ पूजा अनिवार्य रूपमा गर्छन् । सूर्यलाई मुख्य देवता माने पनि पूजा भने गर्दैनन् । राउटेहरु मुख्य रुपमा माघी र दशैंलाई आफ्नो चाडपर्वको रुपमा मान्दछन । विवाह दुई तीन प्रकारका जाति छन त्यही भित्र गर्ने गर्दछन । विवाह गर्दा आफ्ना बथानका सबैलाई सुंगुरको पाठो र पाएसम्म खसी पनि खुवाउदछन । खसी-बोका जिउँदै पोलेर खान्छन् । बच्चा जन्मिदा १२ दिनमा न्वारन गर्छन । मानिस मरेमा खाल्डो खनेर पुर्ने चलन छ । मान्छे मरेकै दिन गाड्छन् । सिकार खेल्दा  बाँदर मार्ने जालले मरेको लासलाई बेरेर गाड्छन् । जुठो, श्राद्ध र बरखी केही बार्दैनन् । मानिस मरेमा तुरून्त ठाउँ सर्छन । मरेको मान्छेलाई उनीहरू किन नजलाएर गाड्छन् ? यसको पनि पीडादायक कारण रहेछ । जीवनभर राम्रो घरबास नपाएकामा राउटेलाई पनि चिन्ता रहेछ । यस जुनीमा राम्रो घरमा बस्न नपाए पनि अर्को जुनीमा राम्रो घर पाओस् भनेर गाड्ने गरिएको उनिहरुको भनाई छ । 

मरेको मान्छेलाई उनीहरू किन नजलाएर गाड्छन् ? यसको पनि पीडादायक कारण रहेछ । जीवनभर राम्रो घरबास नपाएकामा राउटेलाई पनि चिन्ता रहेछ । यस जुनीमा राम्रो घरमा बस्न नपाए पनि अर्को जुनीमा राम्रो घर पाओस् भनेर गाड्ने गरिएको उनिहरुको भनाई छ ।
(फेरिदो र आधुनिकतातर्फ मोडीएको राउटेहरुको जिबनशैली)

खानपिन, अव्यवस्थित बसाई र औषधी उपचारको अभावले गर्दा सरदर महिनामा एक जना राउटेको मृत्यु हुने गरेको राउटेका मुखिया मान बहादुर शाही बताउछन् । यही कारण राउटेको संख्या बर्षौंदेखि केही सयको हाराहारीमा मात्र सिमित छ । संख्या बढ्न नसक्नुको कारण असामयिक निधन भएको उनले बताए । नयाँ ठाउँमा पनि कसैको मृत्यु भए फेरि अर्को ठाउँ खोज्ने क्रममा प्राय राउटेहरू दाङ, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट जस्ता जिल्लाका जंगलहरुमा पुग्ने गर्दछन । यिनीहरुको भाषाको छुट्टै लिपी नभएको अनुमान गरिएतापनि योगी नरहरीनाथका अनुसार यिनीहरू काठको पेटीमा आफ्नै लिपीमा आफ्ना पूर्वजले लेखेको वंशावली र पुस्तकहरू पढद्छन । राउटेहरूलाई आधुनिक युग तिर मोडिन खोजेको पनि देखिएको छ । अहिले सम्म आदीवासीको रुपमा देखिदै आएको यो समुदाय वन विनास गर्नुको साटो वनको चौकिदारसम्म पनि रहेको देखिन्छ । साथै राउटेहरू आम नागरीकहरूको भेला र कार्यक्रममा पनि सरिक हुन थालेका छन । राउटे समुदायमा मुख्य मान्छेलाइ मानबहादुर भनिन्छ । तिनै मान बहादुरले राउटेको मुखियाको रुपमा काम गर्दछन । महत्वपुर्ण  निर्णय तिनै मुखियाले गर्दछन र उनको निर्णय सबैले मान्दछन । राउटेहरुका हाल प्रचलित थरहरू  ‘कल्याल’, ‘रास्कोटी’, ‘सत्याल’ आदि छन । जिल्ला प्रशासन कार्यालय सल्यानको तथ्यांक अनुसार राउटेहरू राजकोटी/राष्कोटी शाही, हमाल शाही र कल्याल शाही तीन वटा जात र वंशमा विभाजित छन् । 

उतिबेला राजा वा राजाका भाईभारदारहरुलाई रौतेला भन्ने गरीन्थ्यो । त्यही रौत्याला भन्ने सब्द समय क्रमसँगै अपभ्रम्स भई राउटे भएको कुरा म सँगै २०५४/०५५ साल ताकाका राउटेका प्रमुख मानबहादुर शाहीले बताएका थिए । यिनिहरुको बंश र गोत्र तथा बर्ग हेर्दा पनि हालका शाह, शाही, बंशी, मेधाशी र मल्ल ठकुरीहरुसँग मेल खान्छ । साथै राउटेहरुले पुजा गर्ने दाह्रे मष्टो र भैंयाॅर्र पनि मध्यपश्चिमका मल्ल, शाह र शाही ठकुरीहरुले पुजा गरेको पाईन्छ । 

प्रस्तुत कर्ता
बिबेक चन्द ठकुरी (मध्यपश्चिम, नेपाल) 
स्रोत-: राउटेसँगको प्रत्यक्ष भेट, कुराकानी,
ईन्टरनेट र प्रकाशित पत्र-पत्रिका,