धार्चुलामा अलपत्र स्वदेश फर्किंदै


लेखापढी      १८ बैशाख २०७७, बिहीबार ११:४९

धार्चुलामा अलपत्र स्वदेश फर्किंदै

काठमाडाैं, महाकालीपारि धार्चुलाको क्वारेन्टिनमा रहेका नेपालीहरू स्वदेश फर्किन सुरू गरेका छन्।

नेपाल र भारतका सुरक्षा अधिकारीको समन्वयपछि आजबाट महाकाली नदीमा रहेको सीमापुल खुलेसँगै उनीहरू स्वदेश फर्किन थालेका हुन् । धार्चुलामा एक हजार बढी नेपाली पाँचवटा क्याम्पमा बसेका थिए ।

भारतको क्वारेन्टिनमा नेपालका १० जिल्लाबाट भारतमा मजदुरी गर्न पुगेका नेपाली छन्। लकडाउन भएपछि नेपाल प्रवेश गर्न खोजेका थिए। तर प्रवेश नपाएपछि भारत सरकारले उनीहरूलाई विभिन्न स्थानमा राखेको थियो।

समाचार साभारः एजेन्सीकाे सहयाेगमा