काेराेनाभाइरसः विश्वमा संक्रमितकाे संख्या ३० लाख, मृत्यु २ लाख नाघ्याे


लेखापढी      १५ बैशाख २०७७, सोमबार १८:५५

काेराेनाभाइरसः विश्वमा संक्रमितकाे संख्या ३० लाख, मृत्यु २ लाख नाघ्याे

विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेहरूकाे संख्या ३० लाख नाघेकाे छ भने मृत्यु हुनेकाे संख्या २ लाख नाघेकाे वर्ल्डाेमिटरले जनाएकाे छ । वर्ल्डाेमिटरका अनुसार हालसम्म संक्रमितहरूकाे संख्या ३० लाख १३ हजार ८ सय ३ र मृत्यु हुनेहरूकाे संख्या २ लाख ७ हजार ८९४ रहेकाे बताइएकाे छ । यसै गरि काेराेना भाइरसबाट निकाे हुनेहरूकाे संख्यामा पनि उल्लेख्य वृद्धि भएकाे छ । हालसम्म ८लाख ८८ हजार ३३९ जना निकाे भएर घर फर्किसकेका छन् । 

सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा संयुक्त राज्य अमेरिका

काेराेनाभाइरसबाट अमेरिकामा मात्र ९ लाख ८७ हजार ३ सय २२ जना संक्रमित भएका छन् भने ५५ हजार ४ सय १५ जनाकाे मृत्यु भइसकेकाे छ । यसै गरी मृत्युहुनेहरूमा इटलि दाेश्राेमा छ । इटलीमा हालसम्म २६ हजार ६ सय ४४ जनाकाे काेभिड-१९काे संक्रमणबाट मृत्यु भइसकेकाे छ । 

नेपालमा हालसम्म ५२ जना संक्रमित 

काेराेनाभाइरसबाट हालसम्म ५२ जना संक्रमित भएका छन् भने १६ जना निकाे भएर घर फर्किसकेका छ्न् । नेपालमा हालसम्म १०४७१ जनामा काेराेना पिसिअार विधिबाट परिक्षण गरिएकाे छ ।

लेखापढी