र पो यस्तो हुँदैछ


लेखापढी      १४ बैशाख २०७७, आईतवार २३:१८

र पो यस्तो हुँदैछ
प्रविधिले प्रकृतिसंग कुस्ती खेल्दै आयो।
अनादी कालदेखिका बिपत्तीलाइ बिर्सदै आयो ।।
प्रकृतिको दोहनमा खुशी मात्रै मनमा संगाल्दै आयो ।
पटक-पटक यस्तै संकट झेल्दै आयो ।
 
सत्यता लुकाएर झुठो मुस्कान बाँडदै हिंडयो ।।
बिश्व भरकै हावामा दु:खै-दु:खका सुस्केरा फैलायो।
अतीत किन्न र भविष्य गन्न नसक्ने ब्यापारी बन्दै गयो ।।
अश्त्र शस्त्र र बैभवमै मथिङ्गल झुल्यायो ।
 
प्रविधि र भौतिक समृद्धिको उन्मादले मात्तियो । ।
प्रकृतिको प्रकोपले अछुतो छोड्दैन भन्ने हेक्का बिर्सियो ।
शक्ति प्रदर्शनकै ज्वाला दन्काउन तम्सियो ।।
आध्यात्मिक चिन्तन र धार्मिक सम्प्रदाय युद्धका आधार बनायो।
 
मानवता बिनाको मानवअधिकारको नारा घन्कायो ।।
अहंकारको रूखमा बिनाशकै फल फल्छ भन्ने बिर्सियो ।
एक आपसमा रीस, ईर्ष्या र द्वैषको डढेलो सल्कायो ।।
को भन्दा को कम भन्ने होडबाजी सदैब चलायो।
ठुल्ठुला खुशीहरूको लागि सदैव अल्झियो ।।
 
र पो यस्तो हुँदैछ —————!
 
रघुबिर चन्द
वेदकाेट- २, दैजी, कञ्चनपुर