लकडाउन वैशाख २५ गतेसम्मका लागि थप्ने मन्त्रिपरिषद्को निर्णय


लेखापढी      १४ बैशाख २०७७, आईतवार २२:२४

लकडाउन वैशाख २५ गतेसम्मका लागि थप्ने मन्त्रिपरिषद्को निर्णय
२०७७ वैशाख १४ गते प्रकाशित
मन्त्रिपरिषद्को आइतवारको बैठकले देशमा जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । सरकारले लकडाउनलाई २५ गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
 
कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको भन्दै लकडाउन तत्काल खुला गर्न नहुने निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो । तर, सरकारले लकडाउन १० दिन थपेकाे छ ।

सीमा नाका ३१ गतेसम्म बन्द

“अन्तर्राष्ट्रिय सीमा नाकाहरूमा आवागमन स्थगन गर्ने निर्णयलाई वैशाख ३१ गतेसम्मका लागि बढाइएको छ,”
बाहृय जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए । यसअघि शनिबार बसेको उच्चस्तरीय समन्वय समितिले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान जेठ २ गतेसम्म रोक्ने निर्णय गरिसकेको छ ।

दुई देशको सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने

त्यस्तै इपीएसअन्तर्गत दक्षिण कोरियामा श्रमिकका रुपमा काम गर्न जाने श्रमिकहरूलाई दुई देशको सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
 
विविसी नेपाली र अनलाइन खबरबाट साभार