शिक्षाः लकडाउन र अनलाइन शिक्षाकाे प्रभावकारिता


लेखापढी      १३ बैशाख २०७७, शनिबार ०९:५५

शिक्षाः लकडाउन र अनलाइन शिक्षाकाे प्रभावकारिता

बिश्वब्यापी महामारिका रुपमा फैलिएको कोभीड-१९ अर्थात् कोरोना भाइरसले अहिले विश्व लकडाउनमा भएको कुरा हामी सम्पुर्णलाई अवगत नै छ। यसै कारणले विभिन्न बिद्यालय तथा बिश्वबिद्यालयको पठनपाठन तथा शैक्षिक जगत नै ठप्प भएको छ।

कोरोनाको अन्त्य कहिले हुन्छ र विश्व कहिले लकडाउनबाट मुक्त हुन्छ भन्ने कुराको आँकलन गर्न निकै गर्हो छ । दिनप्रतिदिन कोरोना सक्रमित र कोरोनाबाट मृत्यु हुनेको संख्या वृद्धि हुँदै गइरहेको छ र त्यसैले गर्दा दिनप्रतिदिनको अवस्था झन नाजुक र भयावह बन्दै गइरहेको छ। यसै कारणले गर्दा बिद्यालय तथा बिश्वबिद्यालयका परिक्षाहरु स्थगित गरिएका छ्न; जस्तै:कक्षा १० को परिक्षा २४ घण्टा बाँकी नरहँदा कोरोना संक्रमण रोक्नका लागि बनाएको उच्चस्तरिय समितिले यो परीक्षा स्थगित गरेको थियो । त्यसैगरी कक्षा ११/१२ को परिक्षा, त्रि.बि ले जारी गरिरहेका सबै परिक्षाहरु स्थगित गरेको छ र यसका साथै पढाई र शैक्षिक क्रियाकलाप पनि ठप्प गरेको छ। नयाँ शैक्षिक सत्रको व्यवस्थापन पनि कसरी गर्ने भन्ने चुनौति पनि हाम्रो अगाडि खडा भएको छ।

शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीका तर्फबाट विभिन्न समिति र कार्यदलहरु बनाएर  यतिबेला कसरी नयाँ शैक्षिक सत्रको व्यवस्थापन गर्न सकिन्छ? प्रबिधिको प्रयोग गरेर अबको शिक्षापद्धति लाई अगाडि बढाउन सकिन्छ कि सकिदैन? लगायतका विषय पनि उहाँले गृहकार्य गरिरहेको विषय सञ्चार माध्यम मार्फत सार्बजनिक भएको छ । यसैगरी अर्थमन्त्रीले सरकारको प्रवक्ताको रुपमा आम जनतालाई दिएको जानकारीमा निजि बिद्यालयहरुले एक महिनाको शुल्क निःशुल्क दिनुपर्ने भनेर जो विषय सर्बजनिक भयो त्यो विषयमा पनि निजि बिद्यालयहरुका संस्थापकहरुले आफ्नो तर्फबाट टिप्पणी गरेका छ्न।
मलाई जहाँसम्म लाग्छ नेपालमा तत्काल अनलाईन शिक्षा प्रणाली लागू गर्न निकै कठिन र निकै ठुलो चुनौतिको सामना गर्नुपर्ने देखिन्छ । अहिले विभिन्न विद्यालय र विश्वविद्यालयमा अनलाईन कक्षा संचालनको लागि निकै ठुलो होडबाजी चलिरहेको छ। भनिन्छ नि घाटि हेरि हाड निल्नु तर बिडम्बना आफुसँग पुर्वाधारहरुको राम्रोसँग बन्दोबस्त नभईकन हचुवाका भरमा लागू गरिएको यो नीति एकदमै निन्दनीय र अस्वीकार्य छ । विद्यालय र विश्वविद्यालयले यो निति लागू गर्ने निर्णय गर्दैगर्दा के तिनिहरुले विविध समस्याहरु मध्यनजर गरेनन, के तिनिहरुले सोचेनन/के सबै विद्यार्थी ईन्टरनेटको पहुँचमा छ्न कि छैनन् ?

अहिले विभिन्न विद्यालय र विश्वविद्यालयमा अनलाईन कक्षा संचालनको लागि निकै ठुलो होडबाजी चलिरहेको छ । भनिन्छ नि घाटि हेरि हाड निल्नु तर बिडम्बना आफुसँग पुर्वाधारहरुको राम्रोसँग बन्दोबस्त नभईकन हचुवाका भरमा लागू गरिएको यो नीति कसरी सम्भव हुन सक्छ ।

के सबै बिद्यार्थीलाई सहभागी गराएर समान शिक्षा दिन सकिन्छ कि सकिन्न? के यसले हुनेखाने वर्गलाई काखमा च्यापेर हुँदाखाने वर्गलाई कतै पाखा त लगाउदैन? के यसबाट दुर्गम र विकट क्षेत्रको विद्यार्थी पिर मर्कामा पर्छ कि पर्दैन? के यो नीति राजधानीका विद्यार्थी केन्द्रित नीति हो कि होइन? यी र यावत कुराहरु मध्यनजर नगरी हचुवाका भरमा नीति ल्याउनु र कार्यान्वयन गर्नु कत्तिको जायज होला?

हो हामी मान्छौ केही नहुनु भन्दा के हि हुनु राम्रो हो अर्थात अहिलेको एक्काइसौं शताब्दी भनेकै  अनलाईन शिक्षा अपरिहार्य  वा अबको शिक्षा पद्धति  प्रबिधिमा आधारित हुनुपर्छ तर जहाँ अझै सम्म गाउँहरुमा राम्रोसँग मोबाइलमा नेटवर्क टिप्दैन,नेटवर्क टिप्नको लागि मोबाइललाई टावर भएको ठाउतर्फ देखाउनुपर्छ र अझै भन्ने हो भने त धेरै जस्तो गाउँहरु अझै पनि सञ्चार र प्रबिधिको सामग्री बिहिन छ्न अनि यस्तो हालत र धरातलमा हामी छौ अनि आफै भन्नू अनलाइन शिक्षा पद्धतिबाट कसरी हामी समान शिक्षा बितरण गर्न सक्छौ र हामी कसरी सबैलाई शिक्षामा समान पहुँच पुर्याउन सक्छौ । हामीले यसरी दुइचार ठाउँ र राजधानीलाई मात्र मध्यनजर गरेर देशका अरु ठाउँहरुलाई बिर्सन कदापि मिल्दैन । जस्तैः हुम्ला ,जुम्ला, बझाङ, कालिकोट, रुकुम रोल्पा,  अछाम् र बाजुराका समस्याहरु प्रति  पनि उत्तरदायी र जिम्मेवारि हुनुपर्छ यदि होइन  भने लकडाउनमा घर गएका बिद्यार्थीहरुमा यता अनलाइन कक्षा सञ्चालन भइरहदा उनीहरुले कक्षामा सहभागी हुन नपाएको चिन्ताले मानसिकरुपमा असर पर्न सक्छ र अर्कोतर्फ जुम स्काइप अथवा फेसबुकमा दुईचार जना जम्मा भएर एकतर्फी रुपमा बोलिने कक्षाहरु त्यति प्रभावकारी हुदैन । किनभने अनलाईन कक्षा  भनेको कक्षाकोठामा जस्तो लेक्चर दिने र विद्यार्थीले सुन्ने होइन यसको तौरतरिका फरक छ्न । अनलाईन कक्षाको बहानामा विद्यार्थीहरुले कतै ईन्टरनेटको दुरुपयोग गर्छ्न कि त्यतातर्फ पनि ध्यान दिनुपर्छ ।

अनलाईन कक्षा भनेको कक्षाकोठामा जस्तो लेक्चर दिने र विद्यार्थीले सुन्ने होइन यसको तौरतरिका फरक छ्न । अनलाईन कक्षाको बहानामा विद्यार्थीहरुले कतै ईन्टरनेटको दुरुपयोग गर्छ्न कि त्यतातर्फ पनि ध्यान दिनुपर्छ ।

कति दुःख जिलो गरेर आफ्ना छोराछोरीहरुलाई अभिभावकहरुले संस्थागत विद्यालयमा पढाईरहेका छन अहिले यस्तो अप्ठेरो समयमा आफ्ना साथिहरु अनलाइन कक्षा पढिरहेकाे देखेर अभिभावकहरुलाई ईन्टरनेट, मोबाइल या कम्प्युटर किन्न कतै दबाब त दिइरहेका छैनन् यसतर्फ नि ध्यान दिनु आवश्यक छ । के संस्थागत सबै विद्यालयहरुसँग अनलाइन कक्षाको लागि आवश्यक पाठ्यक्रम र स्रोतसाधन उपलब्ध छ कि छैन भन्ने कुरालाई पनि मध्यनजर गर्नु महत्त्वपूर्ण छ। जबसम्म यी र यावत कुराहरूको राम्रोसँग प्रबन्ध मिलाउन सकिँदैन तवसम्म नेपालमा अनलाइन कक्षा सञ्चालन गर्नु कुनै औंचित्य छैन । 

मानवजातिको सृष्टिदेखि नै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शिक्षाको बिकास हुँदै आएको हो समयको गतिसंग नेपालको शिक्षा परम्परागतरुप बाट आजको स्थितिसम्म आइपुगेको छ। नेपालको शिक्षाको इतिहास हेर्ने हो भने औपचारिक शिक्षाको बिकास त्यति लामो देखिदैन । नेपालको शिक्षाको इतिहास मुख्यतया विभिन्न कालखण्डलाई केलाउदा तीन भागमा बाडेर अध्ययन  गरिन्छ । पहिलो प्राचीनकाल जुन बि.सं. १९०३ अगाडिसम्मको, मध्यकाल जुन १९०३ देखि बि. सं. २००७ सालसम्म र बि. सं. २००७ सालदेखी हालसम्म आधुनिक काल हो । नेपालको प्राचीन शिक्षालाई नियाल्ने हो भने परम्परागत रुपमा चल्दै आएका सामाजिक मुल्यमान्यता एकपिढिबाट अर्को पिढिमा हस्तान्तरण हुँदै जाने परम्परा रहेकाे पाइन्छ । वैदिक कालमा आमाबुवा पछि ऋषिमुनिहरु नै  गुरुका रुपमा रहेका थिए ।

अहिलेको शिक्षापद्धति पनि चक र टकमा मात्रै आधारित छ त्यो भन्दा माथीको स्तर भने अझै छुन सकेको छैन ।

यसकालमा मुखैले मात्र कण्ठ गराई छात्रछात्राहरुलाई अध्ययन गरिने परिपाटी थियो । गुरुको मुखारबिन्दुबाट निस्केको बाणि बिद्यार्थीहरुले कण्ठाग्रह गर्थे र समाजको प्रचलित अध्ययनका लागि छात्रहरु गुरुकुलमा पनि जाने गर्द्थे, गुरु आग्य नै त्यतिबेला अहिलेको शिक्षा ऐन नियम जस्तो थियो। यस्तो पद्धतिबाट हुर्केका हामी अहिले आधुनिककालमा आइपुग्दा समेत शिक्षामा त्यसतो खासै उल्लेखनीय प्रगति भएको भने देख्न सक्दैनौ । अहिलेको शिक्षापद्धति पनि चक र टकमा मात्रै आधारित छ त्यो भन्दा माथीको स्तर भने अझै छुन सकेको छैन ।
बिश्वमा हुने शिक्षा पद्धतिको कुनै पनि विमर्श या सेमिनार फिनल्यान्डको सहभागीताबिना पूरा हुन असम्भव  हुन्छ । यो सफलता भनेको उनिहरुको शिक्षा पद्धतिको उचित ब्यवस्थापन हो। बिश्वमा सबैभन्दा राम्रो शैक्षिक व्यवस्थापन भएका देशहरुमा न्युजिल्यान्ड, अस्ट्रेलिया, अमेरिका,नर्वे, डेनमार्क, बेल्जियम, नेदरल्यान्ड, फिनल्यान्ड सिङगापुर हुन । प्रबिधि शिक्षामा अतिआवश्यक छ। जबसम्म हामी शिक्षामा प्रबिधिको राम्रो बिकास गर्न सक्दैनौ तबसम्म हामीले हाम्रो शिक्षा पद्धतिलाई गुणस्तरिय र बैज्ञानिक बनाउन सक्दैनौ । बिश्वमा अहिले सिङ्गापुर  प्रथम नम्बरमा राम्रो शिक्षा पद्धति भएको देश हो किनभने उसले शिक्षामा नयाँ प्रबिधि र उपकरणहरुको प्रयोग गरेर आफ्नो शिक्षा पद्धतिलाई बैज्ञानिक बनाईसकेको छ ।

बिश्वमा अहिले सिङ्गापुर  प्रथम नम्बरमा राम्रो शिक्षा पद्धति भएको देश हो किनभने उसले शिक्षामा नयाँ प्रबिधि र उपकरणहरुको प्रयोग गरेर आफ्नो शिक्षा पद्धतिलाई बैज्ञानिक बनाईसकेको छ ।

त्यसैले शैक्षिक जगतमा सिङगापुरलाई अगाडि ल्याउने एक मात्र कि फेकटर भनेको नै प्रबिधि व टेक्नोलोजी हो। टेक्नोलोजी भनेको एक्काइसौं शताब्दीको हरेक कुरा त होइन तर पनि यसले सिकाईलाई प्रभावकारी बनाउनका साथै अध्ययनको पाटोलाई फराकिलो र बैज्ञानिक बनाउन मद्दत गर्द्छ। हाम्रो नेपालमा शिक्षा प्रणाली घोकन्ते र परम्पराबादीबाट  हाबी भएकाले हामी संग प्रबिधि र टेक्नोलोजिको त्यस्तो बिकास शिक्षामा भएको देखिदैन । त्यसैले हामी यसरी एक अवस्थाबाट आर्को अवस्थामा जादा वा एउटा परिपाटीलाई त्यागेर अर्को परिपाटी अङ्गाल्दै गर्दा हामीले चुनौतीको त सामन गर्नुपर्छ नै यसका साथै हामीले आवश्यक पुर्वाधार र स्रोतसाधनको बन्दोबस्त नगरी यस्तो नीति लागू गरेर हामीले चाहेको प्रतिफल भने हामीले प्राप्त गर्न सक्दैनौ। अहिलेको त्रिबि को वर्तमान आवस्थालाई नै नियाल्ने हो  भने पनि धेरै शिक्षकहरु धेरै उमेर भैसकेको र उनिहरुलाई अनलाइन कक्षा सम्बन्धी राम्रो ज्ञान नि छैन अर्थात उनिहरु वर्तमान टेक्नोलोजिसंग त्यति धेरै घुलमिल अथवा द्खल प्राप्त छैनन । उहाँहरुलाई यसको प्रक्रिया र प्रयोगबारे त्यति ज्ञान छैन अब शिक्षकहरुलाई नै  अनलाईन कक्षा सम्बन्धी ज्ञान नभएपछि कसरी तिनिहरुले प्रभावकारी शिक्षा दिन सक्छ्न यो पनि  एकदमै संबेदनशील विषय हो।

अहिलेको युगमा हामिले अग्रगामी हुनुपर्छ प्रबिधि शिक्षा पद्धतिमा तर बर्तमानमा यस्तो संङ्कटको घडीमा न विद्यार्थीहरुसंग परियाप्त स्रोतसाधन उपलब्ध छ न त सरकारी तवरबाट अन्य कुनै  बिकल्पको खोजी नै हुन्छ भने यो नीतिबाट थोरै विद्यार्थी लाभान्वित हुन्छन र धेरै विद्यार्थीहरुले पिर र मार्कामा पर्नुपर्ने अवस्था सिर्जना  हुन्छ। शिक्षक र बिद्यार्थीहरुको सहमति संभव भएपश्चात् मात्र विभिन्न तहका पठनपाठन हरु बैकल्पिक शिक्षण विधिबाट शुरु गर्नुपर्छ । अनलाइन माध्यमबाट  पठनपाठन  गर्दा आवश्यक पर्ने पुर्वाधारहरुको बिकास प्राध्यापकहरुलाई चाहिने अभिमुखिकरण तालिम सहज तथा द्रुत  ईन्टरनेट उपलब्धताको लागि विश्वविद्यालयले स्रोतको खोजी गर्नुपर्छ । अनलाइन माध्यमबाट पठनपाठन गर्न आवश्यक पर्ने  नितिगत निर्णय  प्रक्रियागत रुपमा अगाडि बढाई  निर्णय लिनुका साथै  अनलाइन माध्यमबाट पठनपाठ्न गर्न असम्भव भएका वा पुर्वाधारहरु नपुगेको वा प्रयोगात्मक कक्षा सुरुहुनेबित्तिकै अतिरिक्त कक्षा संचालित गरि पुर्णता दिने गरि बन्दोबस्त गर्नुपर्दछ।

अहिले विभिन्न विद्यालय र विश्वविद्यालयमा अनलाईन कक्षा संचालनको लागि निकै ठुलो होडबाजी चलिरहेको छ । भनिन्छ नि घाटि हेरि हाड निल्नु तर बिडम्बना आफुसँग पुर्वाधारहरुको राम्रोसँग बन्दोबस्त नभईकन हचुवाका भरमा लागू गरिएको यो नीति कसरी सम्भव हुन सक्छ ।

अहिलेको युग भनेको बिज्ञान र प्रबिधिको युग हो हामी यसमा अग्रगामी हुनुपर्छ तर अहिले लकडाउनले गर्दा एक्कासि शैक्षिक क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गर्न र कर्यान्वयन गर्न असम्भव छ। कोहि पनि बिद्यार्थी ईन्टरनेटको पहुँचको नभएकै कारणले शिक्षाबाट वा उसको पढ्न पाउने अधिकारबाट बञ्चित हुने अवस्था नआवस  र यदि सरकारले यो नीति लागू नै गर्ने हो भने हरेक बिद्यार्थीलाई जहाँ जहिले पनि निः शुल्क ईन्टरनेट सेवा उपलब्ध गराउने प्रबन्ध मिलाउन सक्नुपर्छ र बिकट र दुर्गम क्षेत्रको लागि अरु नै बैकल्पिक उपाय पनि खोज्नुपर्छ । ।

खगेश बहादुर चन्द ,
(कानुन अध्ययनरत बिद्यार्थी )
chandkhagesh25@gmail.com