र हिड्ने निर्णय गरें


लेखापढी      ९ बैशाख २०७७, मंगलवार १२:३८

र हिड्ने निर्णय गरें

काेठाकाे एक कुनामा बसेर सुनिरहें
छाेरीले पेट थिच्दै बाबा भाेक लाग्याे भनेकाे
मायाले गर्याल्म्म अंगालाे हाले
तर मायाले पेटकाे भाेक मेट्न कहाँ सक्थ्याे र?
त्यसैले हिड्ने निर्णय गरें ।

चामलकाे बाेरातिर  आँखा डुलाएं
सम्झिएँ त्याे त हिजाे बेलुकी नै रित्तीसक्याे
दालकाे डब्बा खाेज्न थाँले
म नि के भाकाे !
हिजाे मात्रै त नुनपानीसंग छाेरीलाई भात खुवाएकाे
र मैले हिड्ने निर्णय गरें ।
 
सरकारकाे राहत नपाएपछि
गुजारा गर्ने उपाए नभएपछि
भाेकले मर्नुभन्दा बाैलाउनु ठिक ठानें
र, हिड्ने निर्णय गरें ।
 
केही लुगाफाटा सहित थाेत्राे झाेला बाेकें
अनि १०० माईल टाढाकाे
तर, आफ्नाे गाउँलाई गन्तव्य बनाई
हिड्ने निर्णय गरें ।
 
ध्रुव बाग्ले
काठमाडाैं ।