शासन चलाउने रहरले मात्रै हुँदैन !


लेखापढी      ९ बैशाख २०७७, मंगलवार ०८:५४

शासन चलाउने रहरले मात्रै हुँदैन !

तिपय जनताले देशका अनेकौं परिवर्तन भोग गरे र देखे भने इतिहासबाट बिगतका शासन पद्धतिबारे सुन्न पनी पाए । ईतिहास बिदेशीले लेख्दिएको र दलालको प्रपञ्चमा परि नेपाली जनता भ्रामक ईतिहास पढ्न बाध्य भई दिगभ्रमित भएर बसे । तर हाल आएर नेपालमा आईपरेको महासंकटहरूले उहिलेको सत्यतथ्य ईतिहास समयले खोतली दियो तद्अनुरूप सहि कुरा बुझ्न तथा मनन गर्न सक्षम पनि भए ।

विभिन्न कालमा बिदेशका भरौटे, पालित तथा पोषित दलालहरूले नेपालमा तिनकै निर्देशनमा विभिन्न तन्त्र लादे । नेपाली जनताले अनाहक तथा अबुझमा हो मा हो मिलाउँदै गुलामको साथ दिए । कहिले पञ्चायत फाल्ने, कहिले मुक्ति आन्दोलन, कहिले २०४६ सालको जन आन्दोलन, कहिले प्रजातन्त्र, कहिले शसस्त्र द्वन्द, कहिले १९ दिने जन आन्दोलन,  कहिले मधेस आन्दोलन, कहिले लोकतन्त्र, कहिले गणतन्त्र, कहिले संघिय गणतन्त्रको नाममा तिनै शासकहरूलाई साथ दिईनै रहे ।

नेपाली जनताले अनाहक तथा अबुझमा हो मा हो मिलाउँदै गुलामको साथ दिए । कहिले पञ्चायत फाल्ने, कहिले मुक्ति आन्दोलन, कहिले २०४६ सालको जन आन्दोलन, कहिले प्रजातन्त्र, कहिले शसस्त्र द्वन्द, कहिले १९ दिने जन आन्दोलन,  कहिले मधेस आन्दोलन, कहिले लोकतन्त्र, कहिले गणतन्त्र, कहिले संघिय गणतन्त्रको नाममा तिनै शासकहरूलाई साथ दिईनै रहे ।

जसको उपलब्धि फर्केर हेर्दा सुन्ने अर्थात जिरो छ, परिवर्तन कसका लागि र के का लागि भनेर प्रश्न गरियो भने उत्तर सहज आउँछ । यो सबै परिबर्तनले तिनै दलाल तथा लम्पसारवादलाई मात्रै फाईदा पुगेको छ भने देशको महत्त्वपूर्ण सिमा नाका, नदिनाला, तथा सामारिक महत्वका कुरा कौडीको भाउमा बेचिएको छ भने परराष्ट्र नीति ध्वस्त भई गुलाम नीति अपनाईएको छ । हो राजसंस्थाको प्रतिनिधि राजाको सान‍ो गल्तिले राजाले सहर्ष गल्ती स्विकार गरि गद्दी त्याग गरे भने उनलाई साधारण नागरिकको भुमिकामा बस्न बाध्य पारियो । उनको बंशजको सम्पत्ति राष्ट्रियकरणको नाममा लुट्ने कार्य तथा खोसिएको सम्पत्तिमा तिनै दलालको बर्चश्व रह्यो । अब भन्नुहोस्  ! देशको ढुकुटी हामीलाई बाहिर अँध्यारो छ ननिस्क भनी दिउँसै फोडेर लुट्ने महा दलाल तथा भ्रष्टहरूको सम्पत्तिलाई जनताले तिनीहरूको श्रीमतीको दाइजो भन्दै छुट दिन पर्ने हो त ?

ईतिहासको कालखण्डमा देशमा अनेकौं महामारी र दैवी प्रकोपको घटनाहरू घटे । राणा शासनलाई बिदेशीकै लैलैमा नेताहरूद्वारा जनतालाई गाली गर्न र निच देखाउने कार्य भयो । तर त्यहि राणा शासनको बेलामा पनि त्यस बखतको शासक बर्गले देशमा अनिष्ट हुँदा आफ्नै श्रीसम्पत्ति लगानीमा देश र जनताको उद्वार गरेको बलियो उदाहरणहरू भेटियो । आफ्नो लगानी मात्रै नभई साहु महाजनसँग ऋण धन गरि ध्वस्त संरचना पुनर्निर्माण गरे, जनतालाई राहतका सामाग्रि बाँडे । तत्समय व्यापारीले जनतालाई सुबिधा दिन सट्टा लुट्ने कालाबजारीलाई पाँच जना साँची राखि मृत्युदण्ड दिने उर्दि जारी गरे भने यहाँ त कि सरकार नै राष्ट्रको ढुकुटी रित्तो पार्न उद्वत देखिन्छ ।
 
त्यति मात्रै कहाँ हो र समात्तिएको कालाबाजारीलाई कसरी छोड्ने भन्ने कसरतमा देखिन्छन् । शाहबंशीय शासन कालमा पनि विभिन्न समयमा गएको भुकम्प र दैवी प्रकोप बिरूद्व लड्न यथा सिघ्र कार्यदल गठन हुन्थ्यो । आदरणीय दाइ युवराज गौतमको लेख अनुरूप भारतले नाका बन्दी लगाए पछि राजा बिरेन्द्रको विशेष पहलमा राष्ट्रवादी तथा देशभक्त प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले भारतमा काम गरि बसेका झण्डै तीन लाख नेपालीलाई यदि भारतले देश निकाला गरेमा उद्वार गरि नेपालमा ऐलानी जग्गा दिई रोजगारी मिलाउने सम्पुर्ण व्यबस्था गर्ने जुन एक्सन प्लान थियो त्यो शायदै अहिलेका भरौटे सरकारको ल्यागत होला । त्यस्तै राजा महेन्द्रले त्रिभुवन बिश्वबिद्धालय खडा गर्दा मुमा बडामहारानी सरकारको गरगहना बेची जनतालाई पढ्न सुबिधा मिलाईदिएका कुराहरू आज मिथ्या झैं लाग्न थालिसक्यो दलालहरूको प्रपञ्चले गर्दा । यस्ता ईतिहासका लाखौं उदाहरणहरू आज आएर जिवन्त हुँदैछ । मल्ल राजाले आफ्ना सम्पुर्ण जनताको घरको छानोमा धुँवा आएपछि मात्रै जनताले खान पाएछन् भनी सम्झी खान थाल्दथे भनेर पढियो । गणतन्त्र र प्रजातान्त्रका मसिहा भन्ने गुलाम नेताहरूले त भुकम्पमा आएको छानो नै चम्पट पार्दै भाग्ने कुकार्य गरे भने राहतको चामल कुहियार फाले भने कतै कुहिएको चामल नै बाँडे ।
भर्खरै भुटानका राजाले कोरोनाको महामारीले गर्दा अल्झेका आफ्नो जम्मा दूईजना जनतालाई लिन सिङ्गो जहाज लिन नेपाल पठाए भने हाम्रा बिदेशीलम्पट नेताहरूले बिदेशी भुमिमा आफ्ना जनतालाई रोकि राखे, यति मात्रै कहाँ होर बिदेशी भुमि मै एक जना नेपाली युवक आफ्ना स्वर्गीय आमाको काजकिरिया गरि बसेको हृदयबिदारक फोटो हेर्न बाध्य तुलाईयो ।
 
भर्खरै भुटानका राजाले कोरोनाको महामारीले गर्दा अल्झेका आफ्नो जम्मा दूईजना जनतालाई लिन सिङ्गो जहाज लिन नेपाल पठाए भने हाम्रा बिदेशीलम्पट नेताहरूले बिदेशी भुमिमा आफ्ना जनतालाई रोकि राखे, यति मात्रै कहाँ होर बिदेशी भुमि मै एक जना नेपाली युवक आफ्ना स्वर्गीय आमाको काजकिरिया गरि बसेको हृदयबिदारक फोटो हेर्न बाध्य तुलाईयो ।
 
मजदुरको नाममा ठगी खाने गिरिजा जस्ताका भरौटेहरूले कोरोनाको अक्रान्त पछि मजदुरहरू लावा लस्कर लागेर आफ्नो गन्तब्यमा भोकभोकै हिंडेको दृश्यलाई स्वभाविक मानेर बियरको चुस्कि लिई चियर्स गर्दै हेरेर बसेका देखिएको छ । मे महिनमा मजदुर दिवस मनाउँदै मुट्ठी उठाउनेहरूकै देशमा शासन छ तर आज मजदुरहरूको कहाली लाग्दो अवस्था तथा झोला बोकेर हातमा ठेला उठेको अत्यन्तै मुटू कुँडिने अबस्थालाई हेरेर पनि देखे नदेखेको झैं गरेर बसेका छन् । गन्तव्यमा हिंड्दा हिंड्दै काखमा च्यापेको नानीलाई सडकलाई बिछ्यौना बनाएर सुतेका त्यो दृश्यले धेरै नेपालीको मन रूवाएको नै होला । बिदेशी गुलाम नेताहरूले आफ्नो नोकर झैँ बनाएको सुरक्षाकर्मीहरूलाई घरको पाले बनाएर बसेका छन् । झन् काँग्रेसी नेता पुर्व मन्त्रीको घरमा त शसस्त्र प्रहरी मन्त्रीका कुकुर डोलाएर बसेका देखिन्छन् । ती सबै सुरक्षाकर्मीलाई शत प्रतिसत प्रयोगमा ल्याउन सफल भए भने यो लकडाउनमा बिचल्लीमा परेका सम्पूर्ण नेपालीले सुरक्षीत आफ्नो गन्तव्यमा पुग्न सक्दथे । तर के गर्नु यी आफुले खान पाईएन भन्दा पनि ठाँट सक्न बस्न पाईएन, भ्रष्टाचार गरि अकुत सम्पत्ति जोड्न पाईएन र अनैकित कुरा गर्न पाईएन, यी सबैमा राजसंस्था तगारो भयो भनेर जनताको आँखामा छारो हालेर राजा फालेकाहरूले जनता तथा देश जाओस् भाँडमा मोज गर्ने उचित समय यहि हो भनी स्वर्गीय आनन्द लिन तल्लीन छन् ।
 
उहिलेको कुरा खुईले भने झैँ गणतन्त्र पछि पनि श्री सम्पत्ति लुटिएर धपाईएका राजा ज्ञानेन्द्र हरेक बाढिपहिरो, भुकम्प, दैवी प्रकोप र जनता तथा देशको सरोकारको समयमा जनता र देशकै साथमा छन् । प्रत्येक देशको कहाली लाग्दो क्षणमा नगद तथा सहायतामा साथ दिईरहेका छन् ।भर्खरै राजाले कोरोनाको महामारीमा जनताको साथ रहँदै दुई करोड नगद सराकारलाई सहयोग गरे । तर दुई रङ्गे फित्ता जडित चप्पल लगाउने चप्पले नेताका झोलेहरूले झण्डै दुई सय साट्ठी बर्ष बिरासत सम्हालेका राजा माथि प्रश्न तेसार्दै रकमकन्ह स्रोत खोजे ।
गिताको सार अनुरूप उन्नानसय पाप माफ भने झैँ तिम्रा लम्पासरवादी नेताहरूले ढ्याउ आउनजेल खाएका भ्रष्टाचारको रकम यस्तो असहज परिस्थितिमा खर्च गर भन हामी जनता तिनका स्रोत खोजेर बस्दैनौं र तिनका कुकर्मलाई माफी दिनेछौं ।
गिताको सार अनुरूप उन्नानसय पाप माफ भने झैँ तिम्रा लम्पासरवादी नेताहरूले ढ्याउ आउनजेल खाएका भ्रष्टाचारको रकम यस्तो असहज परिस्थितिमा खर्च गर भन हामी जनता तिनका स्रोत खोजेर बस्दैनौं र तिनका कुकर्मलाई माफी दिनेछौं ।
 
 अन्तमा, राजा ज्ञानेन्द्रले बारम्बार हुकुम भई निषेधको राजनितीले देश अगाडि बढ्दैन बेलैमा सोंचौं भन्ने आवहानलाई लत्याएर बसेका यी बिदेशीलम्पटहरू देशको यस्तो विषम परिस्थितिमा झन् एक भई जान पर्नेमा देश लुट्नको निमित्त मात्रै आज आफै आफै लडेर आत्महत्या गर्न तल्लीन छन् । भिरबाट लड्ने गोरूलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न । सम्पुर्ण देश र जनता कोरोनाको महामारी बिरूद्व लड्न तँ तँ म म नभनी हातेमालो गर्दै साथ दिईरहेको अबस्था छ भने तिमीहरू एक आपस बिच नै लडेर बसेका छौ भन्ने तिमीहरूको अभिव्यक्ति र भर्खरै भईरहेको राजनितीक घटनाक्रमले छर्लङ्ग पार्दछ । तसर्थ शासक बन्न त्यति सहज छैन, तिमीहरूको बिरूद्व आज आम जनता मात्रै नभई प्रकृति पनि रहेको प्रष्ट भयो । चाँडै नै नेपालले नौलो बिहानी देख्नेछ, प्रकृतिको नौलो रङ्ग देख्नेछ, सप्तरङ्गी सुर्यको किरणले यो धरतीलाई स्पर्श गर्ने छ भने मौलिक पद्वतीको नव शासन पद्वती सहित हाम्रै शासकको बुलन्द आवाज उठ्नेछ । जागौं नेपाली जागौं भविष्य तिम्रै कसिएको मुट्ठीमा छ । ईति !
 
सोम बिक्रम सिंह
कर्मनिष्ठ अभियन्ता तथा अध्यक्ष राष्ट्रिय सरोकार मञ्च नेपाल
 
 
लेखकबाट थप