बझाङको सुर्मा गाउपालिका अन्तर्गत सिदार्थ वनमा अध्यक्षको मिलेमतोमा रुख काटिएको आरोप


लेखापढी      ८ बैशाख २०७७, सोमबार १८:५०

बझाङको सुर्मा गाउपालिका अन्तर्गत सिदार्थ वनमा अध्यक्षको मिलेमतोमा रुख काटिएको आरोप

बझाङ –जिल्लाको सुर्मा गाउँपालिकामा ३ मा रहेको सिदार्थ सामुदायिक वनमा अध्यक्षको मिलेमतोमा वस्ती वसाउने भन्दै पारा र दसैन मा धमाधम रुखहरु काटिदै आएको आरोप लागेको छ ।

स्थानिय वासिन्दाका अनुसार वडा नम्बर ३ मा रहेको सिदार्थ सामुदायिक वनमा उपभोक्ता समितिका अध्यक्ष फक्किर बोहराको ठाडो निर्देशनमा जथाभावी रुपमा जंगल फडानी गरेको आरोप लागेको हो । स्थानिवासी दिनेश बोहराका अनुसार वनमा एक हप्ता देखि लगातर रुपमा वस्ती वसाउने नाममा उपभोक्ता समितिका पदाधिकारी र स्थानिवासीको सहमती बिना सामुदायि वन फडानी गर्न लागेको बताए ।

स्थानिय नर बहादुर पुजाराले वस्ती बसाउन अध्यक्षको ठाडो आदेश भन्दा पनि उपभोत्ता समिति र स्थानिहरुको सहमतिमा मात्रै वन फडानी गर्न लगाउनुपर्ने बताए । उपभोत्ता समितिका सचिव दिपक बोहराका अनुसार वन फाडेर वस्ती बसाउने निर्णय नभएको र गाउँका केही मान्छेले वन फडानी गरेको छ भन्ने खवर आफूले पाएको बताए ।

सिर्दाथ सामुदाएक वनका अध्यक्ष फकिर वोहराले भने गाउँका तिन–चार परीवारले आफूलाई रुख कटानी गर्न मौखीक रुपमा सोधपुछ गरेको स्विकार गरेका छन ।

यस बिषयमा डिविजन वन कार्यालय बझाङका सहायक वन अधिकृत कर्ण बहादुर खातीले भने उपभोत्ता समितिका अध्यक्षको ठाडो आदेशमा रुख काट्न नमिल्ने बताए । उनले उपभोक्ता समितिका पदाधिकारी वा स्थानियवासीहरुले वन कार्यालयमा उजुरी दिए वन फडानी गर्नेलाई कारवाही गरीने बताए ।

Source: Godawarinews