सर्पका बारेमा राेचक तथ्य


लेखापढी      ४ बैशाख २०७७, बिहीबार १२:४८

सर्पका बारेमा राेचक तथ्य

सर्पका प्राय जसाे हामी सबैले देखेकाे वा सुनेकाे जीव हाे । सर्प डाइनाेसारकाे युगदेखि यस पृथ्विमा अस्तित्वमा रहेकाे जीव हाे । आज हामी सर्पका बारेमा केही राेचक तथ्यहरू यहाँ प्रस्तुत गर्नेछाैं । 

१. सर्पकाे यस पृथ्विमा अस्तित्व १३० मिलियन वर्षदेखि रहेकाे पाइएकाे छ जुन डाइनाेसारकाे समय हाे । यसकाे अर्थ सर्प डाइनाेसारकाे समयदेखि अस्तित्वमा रहेकाे छ । 

२. संसारमा २५०० भन्दा बढि प्रजातिका सर्प पाइन्छन् र जसमध्ये केवल २० प्रतिशत प्रजातिका सर्प विषालु हुन्छन् । 

३. संसारका केही यस्ता साना देश छन् जहाँ सर्प पाइदैनन्ः न्युजल्यान्ड, आइसल्यान्ड र अन्टार्कटिका

४. प्रत्येक वर्ष विश्वमा सर्पकाे टाेकाइबाट विश्वभर १ लाख मानिस मर्दछन । 

५. कुनै पनि सर्पलाइ मानिसले चलाए भने त्यसले टाेक्दैन, विशेष गरी सर्पलाइ मानिसले कुल्चियाे भने मा टाेकेकाे पाइएकाे छ । 

६. सबैभन्दा लामाे सर्प पाइथन रेटिकुलटेस (Python Reticultus) हाे । जुन ३० फिट सम्म लामाे हुन्छ । 

७. सर्प कुनै पनि सिकाएर चपाएर खाँदैन, सिधै निल्दछ । नेशनल ज्याेग्रयाेफिका अनुसार सर्पले एक पटकमा आफूभन्दा ७० देखि १०० प्रतिशत सम्मकाे सिकार निल्न सक्छ । 

८. सर्प आफ्नाे नाकले नभएर आफ्नाे जिब्राे सुग्दछ र आफ्नाे जिब्राेले नै वरिपरिकाे वातावरणबारे जानकारी लिन्छ । 

९. सर्प वर्षमा कम्तिमा ३ पटक काँचुली फेर्दछ । 

१०. ७० प्रतिशत प्रजातिका सर्प अण्डा पार्दछन् भने बाँकी प्रजातिका सर्प बच्चा जन्माउँदछन् । 

११. सर्पसँग कुनै पनि अावाजसुन्ने क्षमता हुँदैन । बिन बजाएर सर्प कब्जामा ल्याउने भुट्टा हाे । 

१२. सर्पलाइ कुनै पनि तालिम दिन सकिदैन किनभने सर्पकाे दिमागमा अन्य जीबकाे जस्ताे सेरिब्रियल हेमिस्फिएर हुँदैन । 

१३. यदि सर्प तपाइँकाे पछाडि पर्याे भने नआत्तिनुहाेस । केवल सर्पकाे जस्तै टेडाे मेडाे वा दायाँ वायाँ गरेर दाैडनुहाेस । सिधा दाैडदा सर्पकाे गति पनि बढि हुन्छ तर बाँङ्गाे दाैडदा सर्पले पछाडि पर्न सक्दैन । 

Source: थप जान्नका लागि सर्पका बारेमा राेचक जानकारी

अनुवादः लेखापढीडटकम