बुद्धिमान मानिसकाे चुटकिला


लेखापढी      ३ बैशाख २०७७, बुधबार १९:५६

बुद्धिमान मानिसकाे चुटकिला

एक जना बुद्धिमान् मानिस एक पटक बारम्बार एउटै प्रकारकाे गुनासाे गरिरहेका मानिसहरूकाे समुहमा केहि कुरा भन्ने बिचार गर्याे ।

उसले सबै मानिसहरूलाइ भेला हुन भन्याे । उसले आज गुनासाेहरू सुन्नुकाे सट्टामा एउटा राम्राे चुटकिला भन्याे, सबै जना मरिमरि हाँसे ।

त्यस बुद्धिमान मानिसले फेरी त्यही चुटकिला दाहाेर्यायाे, केही मानिसहरू मात्र हाँसे । 

अन्तमा, त्यस मानिसले तेस्राे पटक फेरी त्यही चुटकिला सुनायाे  तर कसैले पनि प्रतिक्रिया जनाएनन् ।

त्यस बुद्धिमान मानिस मुस्कुराउँदै त्यहाँ उपस्थितले भने “तपाईंहरू मैले भनेकाे राम्राे चुटकिलामा एकपटक भन्दा बढी हाँस्नु भएन ।  तर तपाइँहरू उही समस्याको बारेमा लामाे समयदेखि गुनासो गरिरहँदा तपाईले के प्राप्त गरिरहनु भएको छ? “

शिक्षाः तपाइँ कुनै कुरालाइ समस्याका रूपमा मात्र प्रस्तुत गरिरहँदा र समस्या समाधन तर्फ नलाग्दा कुनै पनि प्रतिफल प्राप्त गर्न सक्नुहुन्न । गुनासाे मात्र गरेर आफ्नाे अमूल्य समय बर्वाद गर्नुभन्दा समस्या समाधानका लागि, परिवर्तनका लागि कार्य गर्नुहाेस । गुनासाे गरेर मात्र समस्या समाधान हुँदैन, समस्याकाे विकल्प खाेजि गर्नु सबैका लागि उत्तम उपाय हाे ।

लेखापढी