कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अरब भन्दा बढी जम्मा


लेखापढी      ३ बैशाख २०७७, बुधबार १९:०९

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अरब भन्दा बढी जम्मा

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि सहयोग पुर्याउनका लागि स्थापना गरीएकाे काेषमा २०७७ बैशाख ३ गतेसम्म विभिन्न संघ संस्था तथा महानुभावहरुबाट २ अरब भन्दा बढी जम्मा भएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयकाे सूचना अनुसार हालसम्म २ अरब १ कराेड ७९ लाख ९१ हजार २ सय ५३ रूपैँया ४१ पैशा जम्मा भएकाे छ  । 

यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ ।

 

लेखापढी